बाजुरा : बर्षादसँगै गएको पहिरा र खोलामा बढेको पानीको बहावले अवरुद्ध बनेको मार्तडी कोल्टी सडक सञ्चालनमा आएको छ । असार तेस्रासाता देखि अवरुद्ध सडक शुक्रबारदेखि सुचारु भएको हो ।
बाउली र अनाइखोलामा पुल निर्माणको काम जारी छ । खोलीमा हरेक वर्षादमा पानी बढ्ने र तीन महिना बाटो अवरुद्ध हुने गरेको छ । अनाइ खोलाबाट जीपसेवा नियमित भएपनि मार्तडीदेखि कोल्टी सिधा सडक सञ्चालनमा अवरोध देखिएको थियो ।
४३ किलोमिटर सडक खण्ड यतिबेला कालोपत्रको लागि काम भइरहेको छ । ठेकेदारको लापरवाहीका कारण पनि बाटो नियमित सुचारु गर्न समस्या देखिएको हो । भने बर्षादसँगे बीच बीचमा पहिरो लाग्ने भएपछि अनियमित हुने गरेको छ ।
शुक्रबार देखि बाटो नियमित सुचारु भएको यातायात व्यवसायीले बताएका छन् । मार्तडीदेखि कोल्टीसम्म अब सिधा जीप सञ्चालन हुने भएपछि यात्रुहरुका लागि सहज हुने भएको छ । दशैं र तिहारका लागि घर फर्किनेहरुलाई थप राहत पुग्ने भएको छ ।
पुल निर्माणको काममा निकै ढिला सुुस्ती भइरहेको छ । कालोपत्रेको काममा पनि केही ठेकेदारले काम नै सुचारु गरेनन्, गरेकाले पनि ढलाइ सहीत सडक नबनाउँला ठाउँ ठाउँमा अवरुद्ध हुने गरेको हो, तर पूर्ण रुपमा अवरुद्ध भने भएको थिएन् ।
कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसँगै हुम्ला, मुगुको र कालिकोटका स्थानीले पनि यही बाटो भएर यात्रा गर्ने गरेका छन् । कर्णाली करिडोर सुचारु भएपछि अधिकांले त्यही बाछो प्रयोग गर्ने गरेका छन् । यो बाटो नियमति हुँदा थप सहज भएको छ ।
पानी रोकिएसँगै बाउली खोलामा बाटो बनाउँन लगाएर सडक सुचारु गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । सडक विभागबाटै प्रतिनिधी आएर डोजर प्रयोग पछि बाटो सुचारु भएको हो । पानी बढी नै छ । तरपनि नागरिकलाई सास्ती हुने देखेर जोखिम मोलेरै बाटो सुचारु गरिएको छ ।
सडकखण्ड अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता थियो । अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा अहिले त्यस सडक भएर यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको थियो ।
काम तथा पढाईका लागि बहिर गएकाहरू दशै तिहार मनाउन घर आउने नागरिकहरूलाई मार्तडीदेखि कोल्टीसम्म पुग्न पनि ५ वटा गाडी बदल्नु पर्ने अवस्थामा रहेको थियो । त्यो सास्तीबाट स्थानीय सडक सुचारु सँगै मुक्त भएका छन् ।
सडक खुल्न नसक्दा स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुदै आएको छ । सडक नखुल्दा जिल्ला बाहिर निर्यात गर्न नसकिएको कृषकहरूको गुनासो बढेको थियो । वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मर्मत कार्य नहुँदा किसानहरू बारीमै स्याउ कुहिने अवस्थामा थिए । बाटो सुचारुसँगै बारीका स्याउ पनि बजार आइपुग्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस