बाजुरा– खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुकाे आक्रमणबाट महिला गम्भीर घाईते भएकी छन्। घाईते हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धनाल्तकी ४५ बर्षकी जाैकला रावत रहेकी छन्। उनलाई मेलागडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर घाईते बनाएकाे स्थानियले बताएका छन ।
रावत काक्रा बिक्रि गरेर बजार वाट घर फर्किने क्रममा भालुले आक्रमण गरेकाे खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन्। उनका अनुसार,गम्भीर घाईते भएकी रावतकाे पाखुरा,खुट्टा र टाउकाे र मुखमा घाउ लागेकाे बताएकी छन्। गम्भीर घाईते भएकी उनलाई उपचारकाे लागी बयलपाटा अस्पताल अछाम लगिएकाे बताईएकाे छ ।
प्रतिक्रिया दिनुहोस