बिहिबार, २३ असोज २०८२

मेराे स्वर

पुर्खाकाे

शालनाल खसेकाे माटाे

 

 

रगत र पसिनाले सिन्चित

गरेकाे माटाे!

नेपाली वीर सपुत

हुर्केको माटाे

मेराे जन्मभूमि ! मेराे स्वाभिमान ! मेराे

स्वतन्त्रताकाे धरा !

 

माटो र माताकाे पाउमा

निहुरिने मेराे शिर !

हिमाल झैँ अटल र अडिग भई

उभ्याउन सिकाएकाे छ मेरा बाबाले !

विश्वकाे मुकुट मेरा हिमालयले !

कुनै शक्ति छैनन्,मलाई झुकाउने

सगरमाथारूपि स्वाभिमानकाे माथाे

आफैँमा विद्रोह हो,

नेपाली बहादुरीकाे आवाज !

 

नेपाली अात्मा

कुनै बजारकाे बिक्रीकाे बस्तु हाेइन

जुन नगद र उधारोमा

माेलमाेलाई गर्न सकियाेस् !

कसैको कृपा र दया होइन।

वैदिक छ, सनातनी हाे !

जग जेष्ठी नेपाल हाे !

नेपाली हुँ, स्वतन्त्र छु ,स्वाभिमानी छु !

स्वतन्त्रता र स्वाभिमान

मेरा धर्म र पुँजी हुन् !

 

तिमीले देखेको फुल होइन म,

तिम्रो सज्जा र शाेभामा

प्रयाेग गर्न सकियाेस् !

फुलकाे दिलकाे अागाे

पनि जाँच्न र परख्न सिक !

तिमीले चाहेको मौनता

म कदापि होइन !

म त्यो शब्द हुँ,

शान्तिकाे अालाेक जगाउछु,

म त्यो झिल्काे हुँ,

वैरीकाे गिद्धे दृष्टि जलाउँछु!

 

माया र मित्रतामा सर्वस्व

लुटाउन सक्छु!

शान्ति र प्रितिकाे भाका

गुनगुनाउन सक्छु !

जो हातले मित्रता खोज्छ

बिनाशर्त र बिनाबन्धन

प्रितिकाे दैलाे उघारी दिन्छु !

जकड्न आउने हातहरू

अागो बनि खरानी पारी दिन्छु।

हाे म नेपाली हुँ!

 

नत म नायक बन्न नै चाहन्छु,

दास र दासता

मेराे सस्कार र शब्दकाेष मै छैन !

म स्वतन्त्र छु !

म स्वाभिमानी छु !

म बगाउदछु मित्रताकाे गंगा

म गाउदछु शान्तिकाे गीत !

म देखाउछु स्वाभिमानकाे सगरमाथा !

म बाड्दछु वेद र बुद्धकाे भाका !

म हुँ नेपाली ~ मेराे नेपाल !

 

विन्ति छ मेराे नेपालीत्वलाई

गिजाेल्न नखाेज,कृतिम पार्न नखाेज !

तिम्राे अारिसमा

मेराे नेपाल अपुराे र अधुराे छ !

तिम्राे इसाराकाे

सहारा मलाई स्विकार्य छैन !

मेरा पुर्खाले अार्ज्याकाे हिमवतखण्ड

मेराे धरा, मेराे नेपाल !

पुर्खाले देखाएको बाटाेमा म

आफ्नो अर्थ आफैँ लेख्न चाहान्छु।

मेराे धरा ~ मेराे नेपाल ~ जय नेपाल !

प्रतिक्रिया दिनुहोस