शुक्रबार १६, साउन २०८२ ०२:५२
दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ । ‘विवाह गर्ने हक स्वतन्त्र हो नि । कसैको मन पहिलो पत्नीसँग मिलेको रहेनछ भने उसले अर्की महिलासँग सम्बन्ध राख्छ र बच्चा पनि जन्मिन्छ भने त्यो सम्बन्धलाई विवाहमा परिणत नगर्दा दोस्रो महिलाको जीवन बर्बाद भयो, धेरै महिला सडकमै आइपुगे,’ कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना भन्छन्, ‘त्यसलाई रोक्न हामीले सर्तसहितको दोस्रो विवाहलाई कानुनी मान्यता दिने व्यवस्था गर्न लागेका हौं ।’
शुक्रबार १६, साउन २०८२ ०७:४८
एमाले जिल्ला कमिटी ८९ सदस्यीय छ । त्यसमा नौ वटै पालिकाका अध्यक्ष पदेन सदस्यको रुपमा जिल्ला कमिटी बैठकमा बस्ने गरेका छन् । नौ पालिका कमिटी अध्यक्ष मध्ये त्रिवेणी नगर कमिटी र बुढीनन्दा नगर कमिटी बाहेकका सात वटै पालिका अध्यक्ष बैठकमा सहभागि थिए । यस्तै ८९ सदस्यीय जिल्ला कमिटी मध्ये ४७ जना सहभागि थिए ।
शुक्रबार १६, साउन २०८२ ०७:५५
अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।
शनिबार १७, साउन २०८२ १०:०३
आम्दानी कम होला, लगानी सानो होला, तर केही युवाले स्वदेशमै केही गर्नु पर्छ, आफ्नै गाउँ समाजमा केही गरेर देखाउनु पर्छ, भन्ने मान्यता राख्ने गरेको छ । केहीले इच्छाशक्ति राखेरै काम अघि बढाएका छन् । भने कोही कतै त्यसको सुरुवादीमा छन् । उनीहरुले जीवीको पार्जन पहिलो जिम्मेवारी ठानेका छन् ।
शनिबार १७, साउन २०८२ ०१:५७
कटेल साप्पाटाकी स्थानीय हुन् । बाजुराको स्वामिकात्र्तिक खापर गाउँपालिका १ बर्कु उनको घर हो । स्वास्थ्य चौकी पुग्न धेरै गाउँ टाढा छन् । कुनै टोलबाट दुई घण्टा बढीको पैदल यात्रा गर्नु पर्छ । गाउँमा पुगेको सडक हिँउदका केही महिना मात्रै चल्छ । सडक चलिरहेको बेलापनि सबैले सहज जीप र सवारी साधन पाउन सक्दैनन् । पैदल यात्रा बाहेक अर्को विकल्प स्थानीयका लागि छैन् ।
शनिबार १७, साउन २०८२ ०८:०२
एमाले बाजुराको सातौ पूर्ण बैठकले लेखा समिति अध्यक्ष बृजनबहादुर शाहीले प्रस्तुत गर्नु भएको लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयोगबाट अन्तिम लेखा परिक्षण गराउने गरि पारित गरेको छ । भने स्थानीय विभाग, सहकारी तथा गरिबी निवारण विभाग, कृषि तथा पशुपंक्षि विभाग, वन तथा वातावरण विभाग र युवा तथा खेलकुद विभागमा सदस्य मनोनित सहीत पूर्णता दिने गरि निर्णय गरेको छ ।
शनिबार १७, साउन २०८२ ०८:०६
सेजुवाल काठमाडौंबाट कक्षा ११ को परीक्षा दिएर आमा भेट्न आएकी थिइन् । वइटरको काम पनि पाइने भएपछि पढाइनै यतैगर्ने गरी उनले आमासँगै बस्ने निधो सहीत काममा लागेकी थिइन् । साउँद पनि एक्ला थिए । पहिलो विहे उनको असफल भएको थियो । दुई सन्तानलाई आफैले हुर्काउने, बढाउने गरी ३३ वर्षका साउँदले पहिलो श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेका थिए ।
शनिबार १७, साउन २०८२ ०८:१०
बाजुराबाट मात्रै गएको वर्ष ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्रले बताएको छ । कोदो पहाडी क्षेत्रका गाउँहरुमा जताततै उत्पादन हुने खाद्यन्न बाली हो । प्राय नेपालका पहाडी भूगोलमा पर्ने सबैजसो गाउँमा कोदो उत्पादन हुन्छ । त्यसैमा सुदूरका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्ला प्रमुख उत्पादन केन्द्र नै हुन् ।
शनिबार १७, साउन २०८२ ०८:२६
आइतबार १८, साउन २०८२ ०४:२३
धनगढी उपमहानगरपालिकाको अगाडि रहेको वनदेवी मन्दिरमा विधिपूर्वक पूजा गरेर धनगढीको टोली बडीमालिकाको यात्रामा निस्केको छ।चतुर्दशीका दिन हरेक वर्ष बडीमालिका माई मन्दिरमा भव्य धार्मिक मेला लाग्दै आएको छ।
आइतबार १८, साउन २०८२ ०४:२७
तथ्यमा नटेकिएको समाचारमा एकजना पूर्वप्रधानन्यायाधीशको समेत ‘कोट’ लिइएको छ, जसमा पूर्वप्रधानन्यायाधीशबाट ‘यस्तो कानूनले महिला हिंसा बढाउने’ दाबी गरिएको छ । ‘कोट’ दिँदा पूर्वप्रधानन्यायाधीशले प्रस्तावित विधेयकको मस्यौदा नै नहेरी अँध्यारोमा झटारो हानेको देखिन्छ ।
कुनै पनि मिडियाले लेखेको समाचार तथ्यपरक नहुनु सम्बन्धित मिडियाको आन्तरिक त्रुटि हो । तर, उक्त मिडियामा ‘पुरुषले बहुविवाह गर्न पाउने’ आशयको तथ्यहीन समाचार आएपछि त्यसैलाई आधारमा मानेर महिला अधिकारकर्मीहरु माइतीघरमा अनसन बस्नुले परिस्थितिलाई गम्भीर बनाइदिएको छ ।
एकजना अभियन्ता ‘बहुविवाह गर्ने पाउने
आइतबार १८, साउन २०८२ ०७:०८
सोमबार १९, साउन २०८२ ११:१२
उहाँले दिएकाे अनुसार, शिविरमा विशेषज्ञ चिकित्सकको टोली, अक्सिजन सुविधा, तथा हेलिकप्टर स्ट्यान्डबाइ सहितको व्यवस्था गरिएको छ। उच्च भौगोलिक क्षेत्रका कारण बडीमालिकामा लेक लाग्ने, अक्सिजनको कमी जस्ता समस्या देखिने भएकाले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
सोमबार १९, साउन २०८२ ११:२८
यसैबीच, गुल्मद्वारा मेलाको अवसरमा विशेष स्वास्थ्य शिविर पनि सञ्चालन गरिने तयारी गरिएको छ। साउन २१ देखि २४ गतेसम्म त्रिवेणी र बडीमालिका मन्दिर परिसरमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सक, अक्सिजन सेवा, र हेलिकप्टर स्ट्यान्डबाइ राखिने सेनानी तिमिल्सेनाले जानकारी दिए।
बडीमालिका क्षेत्रको उच्च भौगोलिक उचाइका कारण यात्राका क्रममा लेक लाग्ने, अक्सिजनको कमी लगायतका स्वास्थ्य समस्या देखिन सक्ने
सोमबार १९, साउन २०८२ ११:५८
सोमबार १९, साउन २०८२ ०९:३३