शनिबार, १७ साउन २०८२

बाजुरा एमालेले साउन २५ बाट प्रशिक्षण थाल्ने, पार्टीको विधान संसोधनमा सर्वसम्मत समर्थन

बाजुरा : नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय राजनीतिमा पार्टी केन्द्रको भूमिका, सरकारका काम कारवाही, र स्थानीय तहमा भइरहेको विकास निर्माण बारे छलफल सहीतको प्रशिक्षण आयोजना गर्न लागिएको पार्टी प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् ।

प्रशिक्षण कार्यक्रम साउन २५ देखि भदौं १० गतेसम्म आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । । पार्टी जिल्ला कमिटीको सातौ बैठकले गरेका निर्णय एमालेले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 

नौ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनतासँगको सम्पर्क र सम्बन्धलाई बढाउने गरि कमिटीका गतिविधीलाई टोलसम्म लैजाने निर्णयका साथ एमाले प्रशिक्षण केन्द्रीत अभियान सञ्चालन गर्न लागेको जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

एमाले बाजुराको सातौ पूर्ण बैठकले लेखा समिति अध्यक्ष बृजनबहादुर शाहीले प्रस्तुत गर्नु भएको लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयोगबाट अन्तिम लेखा परिक्षण गराउने गरि पारित गरेको छ । भने स्थानीय विभाग, सहकारी तथा गरिबी निवारण विभाग, कृषि तथा पशुपंक्षि विभाग, वन तथा वातावरण विभाग र युवा तथा खेलकुद विभागमा सदस्य मनोनित सहीत पूर्णता दिने गरि निर्णय गरेको छ ।

बैठकले पार्टी केन्द्रले पठाएको अन्तरपार्टी निर्देशन, विधान संसोधन प्रस्ताव र अन्य सर्कुलरलाई सर्वसम्मत समर्थन गरेको छ । कुनै विवाद र बहस विना जिल्ला कमिटीले सर्वसम्मत दुई कार्यकाल र ७० वर्षको उमेर हद खारेजीको विषयमा सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीले भदौ ५ गते भित्र सबै स्थानीय पालिका कमिटी र वडा कमिटीलाई विधान संसोधन प्रस्तावमा थप सुझाव संकलन पठाइसक्ने गरि पठाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, प्रदेश कमिटी सदस्य कलकबहादुर सिंह सहीत सहभागि थिए । 

एमालेले मार्तडी कोल्टी सडक खण्ड निर्माणको प्रमुख बाधक ठेकेदार भएकोले माथिल्लो निकायबाटै समाधानका लागि पहल भइरहेको बताएको छ । भने बडीमालिकाको भेटी संकलन हुने रकम जति सबै सरकारी स्वामित्व वा संरक्षण कोषमा हुनुपर्ने विषयमा पार्टीको प्रष्ट धारणा रहेको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । 

अध्यक्ष ओलीले एमाले बाजुरामा कुनै प्रकारको मतभेद नरहेको दाबी गरेका छन् । पत्रकारले बाजुराकै नेता कर्णबहादुर थापाले विद्या भण्डारी ल्याउनु पर्ने अभियान नै चलाइरहेको विषय बारे जिज्ञासा राखेका थिए । पत्रकारको जिज्ञासामा ओलीले अहिले भदौ २० देखि २२ सम्म हुने पार्टीको विधान महाधिवेशन केन्द्रीत छलफल र विचार विमर्स भइरहेकोले नेतृत्व बारे छलफलको एजेण्डा नै नभएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, लेखा आयोग अध्यक्ष बृजनबहादुर शाही, पार्टी नेताहरु मन्देवी ओली, सीता थापा, रुक्मणी शाह, वुद्धी बोगटी भोटे, लेखा समिति सचिव अमर खड्का सहभागि थिए । यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । सर्वसम्मत विवाद र बहस विनै सकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस