बाजुरा :नेपाल हेवी इक्युपमेन्ट अपरेटर संघ बाजुराको प्रथम भेला सम्पन्न भएको छ। सदरमुकाम मार्तडीस्थित हिलटप होटलको हलमा आयोजित उक्त भेलाले ७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
भेलाबाट निर्विरोध रुपमा हिमाल खड्का अध्यक्ष चयन भएका छन्। त्यसैगरी ज्ञान धामी उपाध्यक्ष, राम बहादुर बुढा सचिव, अर्जुन बिष्ट सहसचिव, बल धामी कोषाध्यक्ष र अशोक रोकाया तथा लक्षी धामी सदस्यमा चयन भएका छन्।
नवगठित समितिले अपरेटरहरूको उद्धार, सुरक्षा, तथा पारिश्रमिक सुनिश्चितताका विषयमा अग्रसरता लिने जनाएको छ। साथै, संघले अपरेटरहरूको सशक्तिकरण, सम्मान र हक–हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
संघका अध्यक्ष हिमाल खडकाले भविष्यमा तालिम, क्षमता विकास कार्यक्रम, तथा स्थानीय सरकारसँग साझेदारी गर्दै सुरक्षा मापदण्ड तयार गर्ने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने योजना रहेको जानकारी दिए।
नेपाल हेवी इक्युपमेन्ट अपरेटर संघ बाजुराले जिल्लामा क्रियाशील अपरेटरहरूलाई एकीकृत गर्दै व्यवस्थित रूपले अगाडि बढाउने उद्देश्य राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस