बुधबार, ०४ भदौ २०८२

अजाको मौसम : अधिकांश स्थानमा पानी पर्ने

मङ्गलबार २०, साउन २०८२ ०९:२४

बडीमालिका धार्मिक यात्रामा धनगढी देखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा

धार्मिक यात्राका लागि बडीमालिका नगरपालिकाले ४ नम्बरका वडा अध्यक्ष अर्जुन नाथ नेतृत्वमा टोली पठाएको छ । भने टोलीको औपचारिक बिदाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिलत रावलले सरकारी पूजा टोलीको नेतृत्व गरेका छन् ।अमर खड्का नेतृत्वको टोली बडीमालिका नगरपालिकामा आइसकेपछि मात्रै बडीमालिकामा औपचारिक सरकारी पूजा टोली पठाउन थालिएको हो । त्यस अघि बाजुराबाट आ(आफ्नै तरिकाले धार्मिक यात्रामा सहभागी हुने प्रचलन थियो । र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी सहितको टोली मात्रै पठाउने गरिन्थ्यो ।

मङ्गलबार २०, साउन २०८२ ०८:१३

बडीमालिका दर्शनमा गएका तीर्थयात्रीलाई लेक लाग्यो,मौसम खराबीले उद्धारमा समस्या

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार, भण्डारीको इश्वरी बक्स गुल्मद्वारा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार भइरहेको छ। लेकको असरले अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर सुर्खेतबाट उड्न नसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।

बुधबार २१, साउन २०८२ ०५:४२

बडिमालिका तीर्थयात्रीका लागि नेपाली सेनाद्वारा हेलिकप्टर उद्धारको व्यवस्था

कठिन भौगोलिक क्षेत्र र उच्च हिमाली बाटो पार गरेर पुगिने यस तीर्थस्थलमा यात्राका क्रममा असहज स्थिति आउन सक्ने भएकाले सेनाले उद्धार कार्यका लागि विशेष तयारी मिलाएको हो। इश्वरी गुल्मका प्रमुखका अनुसार, आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपत्‌कालीन अवस्थाका यात्रुलाई तत्काल उद्दार गर्न हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। यसले संकटको बेलामा जीवनरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

बिहिबार २२, साउन २०८२ ०८:४०

आज जनै पूर्णिमा पर्व मनाइँदै

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

शनिबार २४, साउन २०८२ ०८:२९

कैलाली कारागारमा नयाँ जेलर हाजिर

आइतबार २५, साउन २०८२ १०:५८

अर्थतन्त्रका सबै सूचक बढ्दा किन बढ्न सकेन सरकारको आम्दानी ?

देशको वैदेशिक व्यापार, नयाँ उद्योगको दर्ता, रेमिट्यान्स आप्रवाह, कर्जा प्रवाह, राज्यको चालु खर्च, सामाजिक सुरक्षा भत्ता र निवृत्तभरणमा खर्च लगायतका सबै सूचकाङ्क निरन्तर उकालो दिशा लक्षित छन् । तर, तिनै विभिन्न सूचकाङ्क उकालो लाग्दा राज्यको राजस्व आम्दानी भने वृद्धि हुन सकेको देखिँदैन ।

मङ्गलबार २७, साउन २०८२ १२:१८

विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो। प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराउनुभएको थियो।

मङ्गलबार २७, साउन २०८२ १२:२०

नेकपा (एमाले) गौमुल गाउँ कमिटीको सातौँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

बैठकले हालै विपद्का कारण निधन भएका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष धनबहादुर बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि पारित गरेको गाउकमिटी अध्यक्ष महोन रोकायाले बताएका छन । बैठकसँगै गाउँ कमिटीले लघु प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो।
प्रशिक्षण कार्यक्रममा नेताहरुले फरक फरक बिषयमा प्रशिक्षण गर्नु भएको नेकपा एमाले गाैमुल गाउँ कमिटीले जनाएकाे छ ।

मङ्गलबार २७, साउन २०८२ १२:४५

जनैपूर्णिमामा ४५ हजार बढी श्रद्धालु भक्तजन पुगे बडीमालिका दर्शन गर्न

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले आफू पनि सो अवधिभर बडीमालिकामा रहेको भन्दै यस बर्ष करिब ४५ देखि ५० हजारको हाराहारीमा दर्शनार्थीहरु पुगेको अनुमान गरिएको बताए । उनले साउन १४ गते देखि २३ गते मूल पूजा तथा मेलासम्म सो संख्यामा भक्तजनहरुले बडीमालिकाको दर्शन गरेको बताए । त्यस्तै थापाले मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको बताए । उनले ९ दिनसम्म ९ वटा ब्राहमण बसेर दैनिक ३ आवृत्ति पढ्ने तथा पूजाआजा गरेर शुद्धाशुद्धीका लागि नवाह सुरु भएको बताएका छन् ।

मङ्गलबार २७, साउन २०८२ १२:५८

स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौधरीकाे हाजिर

त्यस्तै यसअघि २०८१ चैत्र १ गते पालिकाको निर्णय बमोजिम मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका शाहीलाई आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिइएको थियो । शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै अाएका थिए ।

मङ्गलबार २७, साउन २०८२ ०१:०७

हिमाली गाउँपालिका–१ विच्छ्यामा बाढी, ११ घर बगाए

गाउँपालिका अध्यक्षको अनुगमन क्षति विवरण बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको सहायक प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए। अध्यक्ष मल्लका अनुसार मानवीय क्षति नभए पनि भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। उनीहरूले प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको निर्णय गर्न कार्यपालिका बैठक बस्ने जनाएका छन्। साथै, आगामी दिनमा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरिएको छ।

बिहिबार २९, साउन २०८२ ०५:०४