आइतबार, १८ साउन २०८२

श्रीमतिसँग सम्बन्ध बिच्छेद, भेटेको १५ दिनमै प्रेमी बनाएर वीभत्स हत्या

धनगढी  : कोही कसैले अपरिचित व्यक्तिसँग भेटेको १५ दिन भित्रै प्रेमी पनि बनाउँछ र प्राण पनि लिन्छ भन्ने कुरा सहज पत्याउन सकिदैन् । हरकोहीका लागि यो कल्पना बाहिरको कुरा हो । सोच्न समेत नसकिने । सुन्दा पत्याउन र विश्वास गर्न गाह्रो छ । तर कैलालीको बर्दगोरिया स्थि बौनिया बजारमा घटेको वास्तविक अनि डरलाग्दो घटना हो । 

कैलालीका निरज साउँद र बाजुराकी याचना सेजुवाल बीच १५ दिन अघि मात्रै भेट भएको थियो । १७ वर्षकी सेजुवाल भाडाको घरमा बस्दै आएकी आमा मना सेजुवाललाई भेट्न कैलालीको बर्दगोरियाको बौनिया गएकी थिइन् । त्यही क्रममा उनको भेट बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउँदसँग भयो । 

बजारमा खाजा खानेक्रममा उनीहरुले एकअर्कासँग परिचय साँटे । फोन र सामाजिक सञ्जालमा कुराकानी हुन थाल्यो । साउँद बौनियामा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरका कुक थिए । बजारको बसाइ र दैनिकजसो खाजा खान आउने जानेक्रम पनि भयो । त्यही बीचमा उनले त्यही पसलमा काम गर्ने निधो गरिन् । 

बुबा गगन सेजुवाल कामका लागि विदेश गएको र आमापनि बेरोजगार भएपछि याचनालाई काम गर्न घरकाले अनुमति दिए । होटलमा वइटरको काम गर्नु पर्ने र पाँच हजार मासिक तलब लिने गरि घरबाट काम गर्न पठाएको आफन्तहरुले स्वीकार गरेका छन् । त्यसपछि साउँद र सेजुवाद दुबै जना काम सँगै गर्न थाले । काम गर्दा गर्दै दुबै नजिक भए । एकअर्कामा प्रेमी प्रेमीका जस्तै । 

सेजुवाल काठमाडौंबाट कक्षा ११ को परीक्षा दिएर आमा भेट्न आएकी थिइन् । वइटरको काम पनि पाइने भएपछि पढाइनै यतैगर्ने गरी उनले आमासँगै बस्ने निधो सहीत काममा लागेकी थिइन् । साउँद पनि एक्ला थिए । पहिलो विहे उनको असफल भएको थियो । दुई सन्तानलाई आफैले हुर्काउने, बढाउने गरी ३३ वर्षका साउँदले पहिलो श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

सन्तान हुर्काउनु पर्ने दुख र नयाँ कुमारी केटीसँगैको प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा थिए, साउँद । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ६ सुदाडा स्थायी घर भएकी सेजुवालले काम गर्न थालेको हप्तादिन पुगेको थिएन् । साउँदले प्रहरीलाई दिएको बयान अनुसार उनीहरु एक अर्काको प्रेममा परिसकेका थिए । 

साउँद कुक थिए, त सेजुवाल वइटर थिइन् । केही दिन कामधन्दा राम्रै चल्यो । दुबैबीच आपसी मेलमिलाप नै देखियो । काम पनि सँगै गर्ने भएपछि केही समय भित्रै विहे गर्ने हतारमा थिए, साउँद । तर सेजुवालको बानी प्रति भने उनलाई शंका थियो । जुन शंकाकै बीच अघिल्लो घरबार टुटेको थियो । 

मोबाइल बढी चलाउने, अरुसँग भिडियो कलमा व्यस्त हुने र आफूलाई बनावटी मात्रै माया गर्ने गरेको प्रति साउँद आक्रोशित थिए । तर सेजुवालले त्यो कुरा अस्वीकार गर्दै आउने गरेकी थिइन् । शनिबार पनि सदाजस्तै राजधानी सेकुवा एण्ड मःम सेन्टरको भान्छाकोठामा प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद काम गर्दै थिए । 

सेजुवाल वइटर भएपनि आपसी सहकार्य र निकट सम्बन्धका कारण भान्छासम्मै पुग्ने, एक अर्कालाई सघाउने काम गथ्र्ये । सोही क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच साउँदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए । विषय अरुसँग फोन र भिडियो गर्ने विषयकै थियो । सहज सकिन नजिकै रहेको चक्कुले प्रहार गरे, आवेगमै यस्तो घटना भयो, साउँदले प्रहरीलाई भनेका छन् । 

सेकुवा सेन्टरमा काम थालेको हप्तादिन मै सेजुवालसँग उनी नजिक बने ।  हाँसोमजाकमै उनीहरुको सम्बन्ध प्रेममा परिणत भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीले सम्बन्ध विच्छेद भएकै कारण साउँदले सेजुवालसँग सम्बन्ध अघि बढाएका थिए । छोटो समयमै विश्वासमा बाँधिएको प्रेम सानै रिसले प्राण लिएर सकिएको छ । 

साउँदका अनुसार उनीहरु विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् । 

चक्कुप्रहार समेत सेकुवा सेन्टरको भान्छा कोठामा गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउँदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए । 

चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए । ‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्धमा रहेछ । शनिबार बिहान भान्छा कोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् । 

किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन सकिएन ।’ गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउँदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । साउँदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरुसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेशमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् । 

‘म सँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गछौँ भनेर भन्दा विवाद भयो,’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूती भइरहेको छ ।’ 

जीवनको साहरा बनाउने सोच थियो, सानै रिसले जीवनै बर्बाद भयो । याचनाको जीवन गयो, मेरो संसार गुम्यो । घर परिवार बेहाल हुने भयो, सबैतिरको कष्ट र दुख सहनु पर्ने अवस्था भयो, साउँदले प्रहरीसँग भनेका छन् । कुक वापतको रकमैबाटै परिवार पाल्ने, सन्तानलाई पालनपोषण गथ्र्ये,अब सबै कुरा सकियो, न प्रेम रह्यो, न प्राण नै उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

याचनाले एसइइ पनि बाजुराबाटै दिएकी हुन् । लामो समय उनी आमासँगै मार्तडीमा बसेकी थिइन् । भने बुबा भारत बसेका थिए । याचनाका परिवारले सुरुमा पसल व्यवसाय गरेका थिए । राम्रै चलेको थियो । बीचमा पसलको व्यापार राम्रो भएन्, छोरी सहीत आमालाई मार्तडी बजारमा राखेर बुबा गगन सेजुवाल भारत लागेका थिए । 

याचना एक वर्ष आफन्तसँग काठमाडौंमै बसेकी थिइन् । उतैबाट नबोलाएको भए पनि हुन्थ्यो, त्यही काममा नपठाएको भएपनि हन्थ्यो, बालकालमै छोरीको विभत्स हत्या हुन पुगेकोमा आफन्त बढी दुखी छन् । साहरा नै छोरी ठानेका सेजुवालको परिवारलाई ठूलो चोट पुगेको छ । भारतमा रहेका बुबा हिँडीसकेको र भोलि पुग्ने आफन्तले बताएका छन् । प्र्रेमका नाममा प्राण नै लिनुपर्ने अवस्था सबैका लागि चुनौतिको विषय बनेको छ ।  
 

प्रतिक्रिया दिनुहोस