बाजुरा :कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा ६ वर्षीय ईश्वर सार्कीको मृत्यु भएको छ। एक्कासी बिरामी परेका बालकलाई अस्पताल पुर्याइएको भए पनि हिजो राति ११ः१० बजे निधन भएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
फोक्सोसम्बन्धी समस्या, दमजस्तो श्वासप्रश्वासमा कठिनाइ र निमोनियाका कारण बालकको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतक बालक जगन्नाथ गाउँपालिका–६ गोत्री घर भई हाल कोल्टीमा बस्दै आएका थिए।
ईश्वर हातेमालो बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिए। स्कुल स्रोतका अनुसार उनी दैनिक स्कुल जान्थे, साँझ ट्युसन पढेर फर्किन्थे। मृत्युअघि पनि उनी सामान्य देखिएको र हाँस्दै खेल्दै स्कुल र ट्युसन गएका थिए। तर, साँझपख अचानक बिरामी भइ तत्कालै अस्पताल लगिएको थियो।
विद्यालयका लेखापाल लंक कैलाका अनुसार बालकलाई बेलुकी केही समस्या देखिए पनि एक्कासी गम्भीर बिरामी भएपछि उपचार सम्भव हुन सकेन।
बालकका बुवा प्रेम सार्की र आमा चरित्रा सार्कीको इकलौता सन्तान इश्वरको मृत्युबाट परिवार शोकमा डुबेको छ। विद्यालय परिवारसमेत स्तब्ध भएको जनाइएको छ।
विद्यालय र आफन्तजनले इश्वरको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस