शनिबार, १७ साउन २०८२

एमाले बाजुराको बैठक सकियो : केन्द्रको अपानी सहीत विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं बैठक सकिएको छ । पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन सहीत विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित गर्दै बैठक सकिएको हो । बाजुरा सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा बैठक बसेका थियो ।

जिल्ला अध्यक्ष लालबहादुर ओलीको अध्यक्षता र केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा केन्द्रीय सदस्य सहदेव बोगटी र प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, कलकबहादुर शाही सहीत सहभागि थिए । 

पार्टी लेखा समितिले तयार पारेको प्रतिनिधी बारे छलफल र जिल्लाको विकास निर्माण, बर्षादको समयमा हुन सक्ने विपद जोखिम बारे छलफल गर्ने गरि बैठक बसेको थियो । बैठकले पार्टी केन्द्रीय कमिटीको निर्णय पछि जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, संगठनात्मक प्रतिवेदन र विधान संसोधन प्रस्ताव पारित गरेको छ ।

अपानीमा जारी कुनैपनि अक्षर र भाषागत लेखनलाई समेत तलमाथि नपार्ने गरि सर्वसम्मत पारित गरिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । रोकायाका अनुसार निर्णय बारे थप जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी दिने बताएका छन् ।

नेकपा एमालेले दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हदबन्दी खारेज गर्ने निर्णय सहीत विधान महाधिवेशनमा लैजाने निर्णय गरेको थियो । भने राजनीतिमा सक्रिय हुने र अध्यक्ष बनेर नेतृत्व लिने चाहना राख्नु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्रको गौरवकै रुपमा स्थान कायम गरि ससम्मान राख्ने निर्णयलाई एमाले जिल कमिटीले सर्वसम्मत पारित गरेको छ । 

बाजुरा जिल्ला कमिटी बैठकमा विद्या भण्डारी बारे केही बहस र छलफल हुने आशंकाका बीच सिंगो जिल्ला कमिटीले एकमतका साथ सर्वसम्मत निर्णय गरेको हो विद्या भण्डारी ल्याउनु पर्ने विचारको अगुवाई गरिराख्नु भएका पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको गृह जिल्ला भएकै कारण पनि केही विषय उठ्ने र फरक मत दर्ज हुने आशंका गरिएको थियो । तर बैठकमा कोही कसैको फरक मत नभई सर्वसम्मत निर्णय गरिएको छ । 

बैठकको सञ्चालन सचिव काशी विकले गरेका थिए । जनताको जनजीवीकाको सवालमा एमाले सधै प्रतिवद्ध भएर क्रियाशिल भइरहेको र यो बैठकले पनि त्यो एजेण्डालाई प्रमुख विषय बनाएर छलफल गरिएको पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

एमाले जिल्ला कमिटी ८९ सदस्यीय छ । त्यसमा नौ वटै पालिकाका अध्यक्ष पदेन सदस्यको रुपमा जिल्ला कमिटी बैठकमा बस्ने गरेका छन् । नौ पालिका कमिटी अध्यक्ष मध्ये त्रिवेणी नगर कमिटी र बुढीनन्दा नगर कमिटी बाहेकका सात वटै पालिका अध्यक्ष बैठकमा सहभागि थिए । यस्तै ८९ सदस्यीय जिल्ला कमिटी मध्ये ४७ जना सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस