आइतबार, ०७ पुष २०८१

महिला फूटबलका लागि हब बन्दै सुदूरपश्चिम, साफ यू–१९ खेल्ने टिममा सुदूरपश्चिमका मात्रै ८ जना

धनगढी : साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिममा सुदूरपश्चिमका मात्रै ८ जना खेलाडी छनोट भएका छन् । परेकी हुन् । आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा ८ जना सुदूरपश्चिमबाट मात्रै छनोटमा परेका हुन् । 

घोषित २३ जनाकै टोली भित्रबाट नै साफ खेल खेल्न पाउने छन् । नेपाली टोलीमा सुदूरपश्चिमबाट लिला जोशी, रोजिता विष्ट, सरिता कुमारी नाथ, सिता रोकाया, गंगा रोकाया, बिर्सना चौधरी बर्षा ओली र लिला चन्द्र छनोटमा परेका छन् । 

यी बाहेक सुजाता तामाङ, करुणा बुढाथोकी, दिव्य यसमाली मगर, सिमरन राई, माया मास्के, झुमा विश्वकर्मा, साराह बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ, सेनु परियार, सुक्रिया मिया, पुर्निमा राई,  समिक्षा मगर, सजिना स्याङ्गतान टिममा रहेका छन् ।

एउटै टोलीमा सुदूरपश्चिम प्रदेशबाट छनोटमा परेको यो नै अहिलेसम्मकै ठूलो संख्या रहेको अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य अनिल मल्लले जानकारी दिएका छन् । सबैको सहयोग र सहकार्यबाटै फुटबल इतिहासमा सुदूरपश्चिमबाट निकै राम्रो हुदै गएको मल्लको भनाई छ । 

यो छनोट संख्याबाटै सुदूरपश्चिम महिला फूटबल खेलाडीका लागि हब नै स्थापित भएको छ । प्रदेश स्तरमै महिला एकेडेमीको लागि एन्फाले कार्यक्रम ल्याउनु पर्नेमा सदस्य मल्लको जोड छ । सुदूरपश्चिममा फुटबल क्षेत्रमा कम लगानीका बाबजुद पनि बढ्दो आकषर्ण र सफलताले ऐकेडेमीको आवश्यकता महशुस गराएको मल्लको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस