शुक्रबार, ०४ असोज २०८१

रेडियो गौमुलले मनायो चोथौं बार्षिक उत्सव : समृद्धिको सारथी बन्न सुझाव

बाजुरा : रेडियो गौमुलले आफ्नो बार्षिक उत्सव मनाएको छ । स्थापना दिवसको अवसर पारी दिवस मनाएको हो । रेडियो गौमुल २०७७ साल माघ १० गतेबाट औपचारिक प्रशारण सेवा सुचारु गरि सञ्चालनमा आएको थियो । 

स्थापना दिवसको अवसर पारी चियापान तथा अन्र्तक्रिया आयोजना गरिएको रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले बताएका छन् । गौमुल गाउँपालिकासँगको सहकार्यमै सञ्चालनमा रहेको रेडियो गौमुलले पालिकाले सञ्चालन गर्ने गतिविधी र पालिका भित्रका सवाल र संभावनालाई प्रमुख सवालका रुपमा संवोधन गर्ने गरेको छ ।

सञ्चालन समिति अध्यक्ष ज्ञानबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको उद्घाटन ५ नम्बर वडाका अध्यक्ष एवं कार्यबाहक पालिका अध्यक्ष कलक बहादुर सिंहले गरेका हुन् । उद्घाटन गर्दै सिंहले रेडियोको वृद्धि विकास र सेवा विस्तारका लागि गाउँपालिका प्रतिवद्ध भएर लाग्ने वचन दिएका छन् ।

गौमुल गाउँपालिकाको विकासमा रेडियो सहयोगीको भूमिका खेलिरहेकोेले सबै टोल र बस्तीसम्म पुर्याउन भूमिका निर्वाह गर्ने बताएका छन् । 
रेडियो सहीतका सञ्चार माध्यमले समाजमा देखिएका समस्यासँगै संभावनालाई प्रमुख मुद्दाका रुपमा उठान गर्न सुझाव दिएका छन् । तीन वर्षको अवधीमा रेडियो गौमुलले खेलेको भूमिकाको प्रंशसा गर्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य गीता रोकायाले पहुँच विस्तारमा जोड दिन सुझाव दिएकी छन् ।

प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओलीले पत्रकारितामा अवसर, सिकाइ, अनुभव र नयाँ अभ्यासलाई प्राथमिकतामा राखेर समाचार र प्रशारण सामाग्री बनाउन सुझाव दिएका छन् । समस्यालाई मात्रै समाचार हुने विषयले समाजको समृद्धि र विकास नहुने भन्दै ओलीले समृद्धिको सहयात्री सञ्चार क्षेत्र बन्नु पर्नेमा जोड दिएका छन् ।

पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंहले रेडियो गौमुल छोटो समयमै जनताको आवाज बोल्ने रेडियोको रुपमा स्थापित भएकोमा धन्यवाद दिँदै सफलताको शुभकामना दिएका छन् । सहकर्मी समाजकी कार्यक्रम संयोजक सुजाता घर्तीले रेडियो गौमुलले समाज विकासमा महत्वूर्ण योगदान पुर्याउको बताउनु भएको छ ।

कार्यक्रममा राम नाथ योगी, चन्द्र बहादुर रोकाया, कलक बहादुर रोकाया, मंगल धामी, मैना चदाँरा, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । गौमुलका सबै बस्तीसम्म रेडियोको पहुँच पुर्याउन पालिका सरकार प्रतिवद्ध हुनु पर्नेमा सुझाव दिएका छन् । भने समस्या र सुख दुखमा रेडियोले साथ दिने गरेकोमा धन्यवाद दिएका छन् । 

रेडियोका स्टेशन प्रबन्धक रमित विकले सञ्चालन गरेको कार्यक्रममा गौमुल गाउँपालिका अन्र्तगतका सबै शाखाका प्रमुख सहीत कर्मचारी सहभागि थिए । दलका नेता तथा कार्यकर्ता र नजिकका श्रोताहरुको पनि सहभागिता रहेको थियो । 

May be an image of 6 people, people studying, flute and dais

प्रतिक्रिया दिनुहोस