शुक्रबार, ०४ असोज २०८१

एन्फाभित्र आर्थिक चलखेलको आरोप, कार्यकारी सदस्य मल्लले दिए छानवीनका लागि उजुरी

काठमाडौ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव विरुद्ध आर्थिक अनियमितता गरेको आरोप लागेको छ । साधारण सभा र बिशेष साधारण सभालाई अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले आर्थिक लाभका रुपमा प्रयोग गर्ने गरेको र हिसास किताब पनि पारदर्शी रुपमा नदेखाउने गरेको आरोप सदस्यहरुको छ ।

आर्थिक खर्चको विषयलाई छानवीनको माग सहीत कार्यकारी सदस्य अनिल मल्लले उजुरी दिएका छन् । लेखा समितिलाई बोधार्थ रहने गरि एन्साको अपिल गर्न मिल्ने पुनरावेदन समितिमा उजुरी दिएको सदस्य मल्लले जानकारी दिएका छन् । 

गएको कात्र्तिक २३ गते हेटौडामा सम्पन्न बिशेष साधारण सभाको आर्थिक हिसाब किताब बारे कुनै छलफलको विषय नै नबनाई अध्यक्ष र महासचिवले एकलौटौ निर्णय गराएर खर्च अनुमोदन गरेको आरोप सदस्यहरुको छ ।  

उजुरीमा पनि के कति खर्च भयो, त्यो विषयमा कुनै जानकारी नै नगराई, बैठकमा त्यो विषयमा एजेण्डा नै नबनाई पारित गरेको र आफू अनुकुल आर्थिक गतिविधी अध्यक्ष र महासचिव मिलेर एकलौटी गर्ने गरेको विषयलाई आवश्यक छानवीन गर्न उजुरीमा उल्लेख गरिएको छ ।

हेटौडामा बिशेष साधारण सकिएपछि पौष २ गतेको बैठकमा ८ जना एन्फाका कार्यकारी सदस्यले अध्यक्ष र महासचिवको एजेण्डा र निर्णय विरुद्ध हस्ताक्षर गरेका थिए । एन्फामा २१ जना कार्यकारी सदस्य रहने व्यवस्था छ । तर ८ जनाले विमति जनाएपनि बहुमतले निर्णय गरिएको थियो । 

आर्थिक चलखेल र अनियमितताको विषयमा ध्यान नदिने, प्रस्ताव नै नगरिएको विषयलाई चोरबाटोबाट निर्णय लेख्ने, लाखौं खर्च हुने समान खरिद खेखि साधारण सभा हुने स्थलको छनोट गर्दा कुनै टेण्डर नै नखुलेर आफू खुसी छनोट गर्ने र एन्फाजस्तो पवित्र संस्थालाई केही व्यक्तिको लाभ हुने गरि प्रयोग गर्ने कुरा स्वीकार्न नसकिने असन्तुष्ट पक्षहरुको भनाई छ । 

एन्फा भित्र नदेखिन गरि केही व्यक्तिहरुले आर्थिक ऐन नियम र सिंगो नेपाली फुटबल विरुद्धको कार्य गरिरहेकोले छानवीन हुनु पर्ने माग सहीत उजुरी दिएको छ । एन्फामा लामो समयदेखि आन्तरिक किचलो चलिरहेको देखिन्छ । 

अध्यक्ष र महासचिवले आर्थिक विषयमा र केही लाभका निर्णयहरु अघिल्लो दिन निर्णय गर्ने र पछिल्लो दिन मन मिल्ने सदस्य बोलाएर हस्ताक्षर गराउँदै बहुमत जुटाउने गरेको आरोप सदस्य मल्लको छ । केही सदस्यहरुले अध्यक्ष महासचिवले किर्ते कागज र निर्णय गर्ने गरेको आरोप समेत लगाउने गरेका छन् । एन्फाको विधान अनुसार निर्णयको उपस्थितिमा कार्यकारी समितिका २१ सदस्यीय समितिका सदस्यको हस्ताक्षर हुने भएपनि अन्तिममा अध्यक्ष र महासचिव दुई जनाले मात्रै हस्ताक्षर गर्ने व्यवस्था छ । 

यता अध्यक्ष पंकज विक्रम नेम्वाङले फोन उठाउनु भएन्, भने महासचिव किरण राईले आरोप सत्य नभएको दाबी गरेका छन् । उजुरी आउने र दर्ता हुने विषय अन्यथा होइन्, अडिट प्रक्रियाबाटै थाह होला, अनियमिता होकी, बास्तविक खर्च थियो भनेर, यो कुरासबैले बुझीहाल्छन् । यत्ति कुरा बुझ्दा राम्रो सदस्यहरुले पनि महासचिव राईले भन्नु भयो ।

संस्था राम्रो बनाउँ भन्दा एक वर्ष नपुग्दै अविश्वासको प्रस्ताव ल्याउने, विरोध गरिराख्ने, उहाँहरु नै हो, हेटौडाको खर्चको विषय पनि पहिला सबैले गरौं भन्ने पछि विरोध गर्ने त्यो नैतिकता नै भएन्, भन्दै छानवीन गर्न एन्फा केन्द्रीय कार्यालय तयार रहेको बताए । 

महासचिव राईका अनुसार ४२ देखि ४३ लाख रुपैया हेटौडा बिशेष साधारण सभामा खर्च भएको जानकारी दिए । आजपनि एन्फाको बिशेष साधारण सभा हुनेछ । यता असन्तुष्ट सदस्यहरुले भने आर्थिक विषय र एकलौटी हुने निर्णय बारे आवश्यक छानवीन नगरिए फिफा हुदै अदालतसम्म पनि पुगेर न्यायको लडाइ लड्ने तयारी गरेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस