आइतबार, १३ पुष २०८२

जिल्ला अस्पताल बाजुरामा नयाँ चिकित्सक तथा नर्सिङ निरीक्षकको स्वागत कार्यक्रम सम्पन्न

बाजुरा : जिल्ला अस्पताल बाजुरामा नवआगन्तुक हाडजोर्नी तथा नसारोग विशेषज्ञसहित चिकित्सक र नर्सिङ निरीक्षकको स्वागत कार्यक्रम सम्पन्न भएको छ।

अर्था–मेडिक सर्जरीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा हालै जिल्ला अस्पताल बाजुरामा कार्यभार सम्हाल्न आउनु भएका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शिरीष श्रेष्ठ, एम डि जि पि डा अासिस कार्कि छात्रवृत्ति करार मेडिकल अधिकृत डा. महेश धामी र ASBA डा. मञ्जु यादवलाई स्वागत गरिएको थियो। साथै महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरबाट सरुवा भई आउनु भएकी अस्पताल नर्सिङ निरीक्षक धर्मा रोकायालाई पनि कार्यक्रममा स्वागत गरिएको थियो।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. शिरीष श्रेष्ठ, डा. महेश धामी र ASBA डा. मञ्जु यादव अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रम सञ्चालन अस्पतालका कर्मचारी डा . निर्पराज गिरिले गर्नुभएको थियो।

स्वागत कार्यक्रममा अस्पतालका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले जिल्ला अस्पतालको सेवा गुणस्तर सुधार, बिरामीमैत्री सेवा विस्तार तथा टिमवर्कको महत्वबारे चर्चा गर्दै आगामी दिनमा सहकार्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस