आइतबार, २७ पुष २०८२

त्रिवेणी क्रिकेटको उपाधी बुढीगंगाले उचाल्यो

उपाधीका लागि भएको फाइनल खेलमा पहिलो ब्याटिङ गरेको बुढीगंगाले १५ ओभरमा १३१ रन बनाएको थियो । १३२ रनको जवाफी ब्याटीङमा उत्रिएको तोली क्रिकेट क्लबले पनि १५ ओभरमा १३१ रन नै बनायो र खेल सुपर ओभरमा गएको थियो ।

बुधबार २९, असोज २०८२ ०१:११

गौमुलमा पहिलो ‘पालिका कप फुटबल सञ्चालन, १३ टिम सहभागि

उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

शनिबार ०८, कार्तिक २०८२ ०७:३६

बाजुराका युवाले गरे राजधानीमा फुटसल, बाजुरा युथ कनेक्टले जित्यो उपाधी

जागिर र पढाइको शिलशिलामा काठमाडौंमा बस्दै आएका युवाहरुकै सहकार्यमा बाजुरा युथ कनेक्ट सञ्जाल गठन गरेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विमल रोकायाले बताएका छन् । सेभन ए साइड खुला फुटसल प्रतियोगिता नाम दिएर खेल आयोजना गरिएको हो ।

आइतबार ३०, कार्तिक २०८२ ०८:५३

बडीमालिकामा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, विद्यार्थीमाझ खेलकुदको उत्साह

उद्घाटन समारोहमा बडीमालिका–१ र २ का विद्यालयहरूले आकर्षक झाँकी, मार्चपास र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । शिल्डमा १२ वटा विख्द्यालयका ६ सय बढीको संख्यामा खेलाडी विद्यार्थीले नै भाग लिएका छन् । शिल्ड उद्घाटनसँगै महिलाहरुबीच देउडा खेल प्रस्तुती गरिएको थियो । भने जनप्रतिनिधी र विव्यस अध्यक्ष सहीत सरोकारवाला बीच मैत्रीपूर्ण दौड आयोजना गरिएको थियो ।

सोमबार ०८, मङि्सर २०८२ ०८:१६

बुढीनन्दामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सुरु, कोल्टीमा बढ्यो खेलको रौनक

बुढीनन्दा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड कोल्टीमा सुरु भएको छ । कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा शिल्ड सुरु भएको हो । खेलबाट पालिका स्तरीय प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलका लागि खेलाडी छनौट गरिने छ । 
शिल्डको नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीले उद्घाटन गरेका हुन् ।

मङ्गलबार १६, मङि्सर २०८२ ०९:३७

सुदूरपश्चिम लगातार फाइनलमा प्रवेश

बुधबार २४, मङि्सर २०८२ ०७:३९

सुदूरका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा

नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्  एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।

मङ्गलबार २२, पुष २०८२ ०८:१४

जगन्नाथको जुड्डीमा रनिङ शिल्डको रौनक, पालिकाका ६ विद्यालयबीच प्रतिस्पर्धा

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले जगन्नाथ गाउँपालिकाभित्र खेलकुद संरचनाको विकास क्रमिक रूपमा सुधार हुँदै गएको र खेलाडी उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण तथा आर्थिक लगानी पनि बढाइएको जानकारी दिए । उनले विद्यालय तहबाटै अनुशासित, सभ्य र प्रतिस्पर्धात्मक खेल संस्कृति विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी खेलाडीहरूलाई देशकै नाम राख्ने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरे ।

शुक्रबार २५, पुष २०८२ ०८:०२