बुधबार, २९ असोज २०८२

त्रिवेणी क्रिकेटको उपाधी बुढीगंगाले उचाल्यो

बाजुरा : त्रिवेणी नगरपालिकामा आयोजा गरिएको क्रिकेट प्रतियोगिता (सिजन २) को उपाधी बुढीगंगा नगरपालिकाले हात पारेको छ । तोेली क्रिकेट क्लबलाई सुपर ओभरमा हराएर बुढीगंगाले सिजन २ को उपाधी हात पारेको हो । खेलमा १२ टिम सहभागि थिए ।

उपाधीका लागि भएको फाइनल खेलमा पहिलो ब्याटिङ गरेको बुढीगंगाले १५ ओभरमा १३१ रन बनाएको थियो । १३२ रनको जवाफी ब्याटीङमा उत्रिएको तोली क्रिकेट क्लबले पनि १५ ओभरमा १३१ रन नै बनायो र खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा बुढीगंगालाई तोलीले ५ रनको तार्गेट दिएको थियो । बुढीगंगाका अलराउण्डर दिपक रोकायाले पहिलो र तेस्रो बल डट खेले, दोस्रोमा २ रन लिए र चौथो बलमा छक्क प्रहार गर्दै खेल जिताएका थिए । 

जीतसँगै बुढीगंगा क्रिकेट क्लबले १ लाख १५ हजार नगद सहीत प्रमाण पत्र र ट्रफी हात पारेका छन् । भने उपविजेता तोली क्रिकेट क्लबले ४९ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेको छ । 

विजेता र उपविजेतालाई नेपाली काँग्रेसका सभापति रामसिंह रावल, त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला न्यौपानेले सम्मान सहीत प्रमाण पत्र हस्तान्त्रण गरेका थिए । बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनीया पनि खेलाडीको हौसलाका लागि खेल मैदान पुगेका थिए । 

खेलमा सुदूरपश्चिम रोयल्सका चर्चित खेलाडी नरेन साउँद, दिपस रोकाया सहीत पनि सहभागि थिए । भने बाजुराकै दर्जनै खेलाडीहरुले आयोजनाबाट थप अनुभव र सिकाइ लिने अवसर प्राप्त गरेका छन् । त्रिवेणी नगरपालिका ७ दम्था स्थित कैलाशेश्वरी माविको खेलमैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

बाजुरामा बढ्दो क्रिकेट क्रेजलाई निरन्तरता दिन संरचना विकास, प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा जोड दिने बताएका छन् । त्रिवेणी स्पोट्र्स क्लबको आयोजना र त्रिवेणी नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

हरेक वर्ष दशैं र तिहारकै बीचमा त्रिवेणी स्पोट्र्स क्लबले प्रतियोगिताको आयोजना गर्ने गरेको छ । प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै खेलाडी उत्पादन र खेल प्रतिको आकर्षण बढेको अध्यक्ष अनिल रावलले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस