बिहिबार, ०३ असोज २०८१

बाजुरामा एकीकृत समाजवादी छोड्नेको लहर, रोजाइमा एमाले

बाजुरा : बाजुरामा नेकपा एकीकृत समाजवादी छोड्नेक्रम सुरु भएको छ । समाजवादी पार्टीको प्रमुख केन्द्र मानिएको स्वामिकात्र्तिक खापर

नेकपा एमाले स्वामिकात्र्तिक खापर गाउँ कमिटीले आयोजना गरेको वडा कमिटीको भेलामा समाजवादीका १५ जना नेता कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् । रिस आवेग र केही व्यक्तिको स्वार्थका लागि मातृपार्टी छोडेर जानु गलत भएको र एमाले बाहेक अर्को पार्टीको विकल्प नभएको निष्कर्ष सहीत एमाले फर्किएको बताएका छन् ।

प्रवेश गर्नेमा गोरख शाही, रत्नवीर शाही, नेत्र शाही, धनलाल शाही, नन्दबहादुर शाही, उदीम शाही, नीरजंग शाही, तिलक शाही, मनराज सिंह, कलबहादुर शाही, जयबहादुर शाही, मोहनराज शाही, बलबहादुर शाही, चिनबहादुर महत्तरा, ऐवानबहादुर शाहीले नेकपा एमाले प्रवेश गरेका हुन् । 

नवप्रवेशीलाई नेकपा एमालेका नेता मेघराज शाही सहीतका नेताहरुले स्वागत गरेका छन् । जेरा निवर्तमान प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको गृह वडा हो । शाही हाल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुन् । 
 

प्रतिक्रिया दिनुहोस