काठमाडौं; नेकपा एमालेका नेता डा। राजन भट्टराईले सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष नहुने बताएका छन् ।
सञ्चारकर्मी संग कुरा गर्दै नेता भट्टराईले राजश्व अनुसन्धान विभाग नै प्रधानमन्त्रीको नेतृत्वमा चल्ने र यो प्रकरणमा प्रधानमन्त्रीसहित उहाँको निजी मान्छे र परिवार समेत जोडिएको कुरा आइरहेकाले यो अनुसन्धानमा निष्पक्षता नहुने दाबी गरेका छन्। सुन प्रकरणमा प्रधानमन्त्रीको परिवार समेत जोडिएको नेता भट्टराईको भनाइ छ ।
माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने र अन्तराष्ट्रिय जगतले नेपालको सिमानामा हेर्ने नजर परिवर्तन ल्याउन नसकिने नेता भट्टराईले बताए ।क्विन्टल सुन तस्करले अन्तराष्ट्रिय जगतमा नेपालमा भ्रष्टचार र तस्कर सजिलै गर्न सकिन्छ भन्ने नकारात्मक सन्देश दिएको पनि नेता भट्टराईको भनाइ छ ।
सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ । समिति गठनको मागबाट आफूहरु पछि नहट्ने पनि नेता भट्टराईले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस