बाजुरा : राष्ट्रिय युवा संघ नेपाल बाजुराले युवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । संघको जिल्ला कमिटी सचिवालय बैठक र कार्यालय उद्घाटनको अवसर पारी युवा लक्षित प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावव र नेकपा एमाले बुढीगंगा नगरकमिटीका अध्यक्ष नरेन्द्र थापाले युवाहरुलाई प्रशिक्षण दिएका हुन् । युवा नेतृत्व क्षमता विकास, युवा र विकास, पार्टी संगठन र अनुशासन, सामाजिक सञ्जालको प्रयोग बारे प्रशिक्षण दिइएको अध्यक्ष मिनलजंग अयडीले जानकारी दिएका छन् ।
पार्टी विधी, विधान र संगठनको काम कर्तव्य बारे ज्ञान दिनु पर्ने र पार्टी भित्रको अनुशासन समेत सिकाउनु पर्ने भएकोले प्रशिक्षण दिन लगाएको अध्यक्ष अयडीको भनाई छ । आजै युवा संघले नेकपा एमाले पार्टी कार्यालय भित्रै आफ्नो कार्यालय स्थापना गरेको छ ।
कार्यालयको रिवन काटेर उद्घाटन प्रदेश कमिटी सचिवालय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी गगन रावलले गरेका हुन् । युवा संघले सचिवालय कमिटीको बैठक पनि सञ्चालन गरेको थियो । सचिव विष्णु कार्कीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष क्षितीज शाहीले गरेका हुन् ।
मिनजंग अयडीको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा सचिवालय सदस्य सहीत आमन्त्रीत अतिथीहरु सहभागि थिए । कार्यक्रममा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, प्रेस चौतारीका जिल्ला अध्यक्ष मदन विक, अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटे, खेलकुद महासंघका जिल्ला संयोजक लक्ष्मण रोकाया, पीनका अध्यक्ष दिपक भारती सहीत अतिथि रहेका थिए ।
युवा संघले संस्थागत रुपमा कार्यालय स्थापना गरेकोमा एमाले नेता गगन रावलले धन्यवाद दिएका छन् । संघले नौ वटै पालिकामा युवा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र भदौ असोज २ महिनामा वडा टोल कमिटीमा पुग्ने अध्यक्ष मिलनजंग अयडीले बताएका छन् । कार्यालय पार्टी कार्यालय भवनमा स्थापना गरेको युवा संघले सचिवालय बैठक तथा प्रशिक्षण पनि पार्टी कार्यालयमा नै राखेको थियो ।
प्रतिक्रिया दिनुहोस