बाजुरा : अनेरास्ववियु बाजुराले बर्षादको समयमा हुने विपदजन्य घटनामा सहयोग गर्न उद्दार समिति गठन र बडीमालिका क्षेत्रमा ११ औं बैठक गर्ने निर्णय गरेको छ । अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापा भोटे संयोजक रहने गरी ७ सदस्यीय विपद उद्दार समिति गठन गरेको हो । भने बडीमालिका मेलाको अवसर पारी सोही स्थानमा बैठक गर्ने निर्णय गरेको छ ।
बर्षादको समयमा आउने बाढी पहिरो र अन्य विपदजन्य क्षतिका लागि उद्दार टिम गठन गरिएको अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन् । अनेरास्ववियुको मार्तडीमा बसेको बैठकले ११ औं बैठक धार्मीक पर्यटकीय क्षेत्र बडीमालिका र त्रिवेणी घाममा बैठक गर्ने निर्णय गरेको छ ।
सबै मावि र क्याम्पस तहमा प्रारम्भीक कमिटी गठन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले विभागिय जिम्मेवारीपनि बाँडफाँड गरेको छ । जसमा संगठन विभाग प्रमुख लक्ष्मण रोकाया, प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्का, खेलकुद विभाग सन्जय विक, साँस्कृतिक विभाग रमित मल्ल र महिला विभाग प्रमुखमा सरिता थापाले जिम्मेवारी पाएका छन् ।
अनेरास्ववियुले प्रदेश क र ख को निर्वाचन क्षेत्रीय कमिटी गठनका लागि पनि क मा प्रेम नेपाली संयोजक रहने गरी सहसंयोजक नन्दबहादुर खत्री, सदस्यमा चेतरा बोहरा र जनक रोकाया रहेको समिति गठन गरेका छन् ।
यस्तै लक्ष्मण रोकाया संयोजक र प्रकाश खड्का सहसंयोजक रहने गरी सरिता थापा, रोहन साउँद, सन्जय विक रहेको समिति गठन गरेका छन् । अनेरास्ववियुले असोज भित्र पालिका र विद्यालय तथा क्याम्पस कमिटी गठन गरि सक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस