शनिबार, ०३ कार्तिक २०८१

एमालेको समर्थनमा केदार कार्कीले गरे कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी

 विराटनगर । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् ।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । आङ्बोले दल नेताहरुको समर्थन लिएका छन् ।

प्रतिक्रिया दिनुहोस