शनिबार, ०३ कार्तिक २०८१

कोइराला पक्षले गर्‍यो ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन

विराटनगर । कोशीमा नेपाली कांग्रेसको कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको छ । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेको हो ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् ।

तर आठ जनाले मात्रै हस्ताक्षर गरेका छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् ।

गयानन्द मण्डलले भने खाली कागजमा हस्ताक्षर गर्न मानेनन् । मण्डललाई हस्ताक्षर गराउनका लागि बुधबार राति कोइराला पक्षका नेताहरु उनको घरमै पुगेका थिए, तर उनले हस्ताक्षर गर्न मानेनन् । ‘मलाई हस्ताक्षर गर्न भनेका छन्, तर मानिनँ’, मण्डलले भने, ‘म कतै हस्ताक्षर गर्दिनँ ।’

कोइराला पक्ष आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्छ । सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले भने संसदीय दलका नेता उद्धव थापा बाहेक अरुलाई मुख्यमन्त्रीमा अघि सार्न नसक्ने बताएका छन् ।

थापाको नाममा सहमति नजुटे माओवादी सांसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्न देउवा र सिटौला सहमत छन् । तर शेखर समूहका नेताहरु सहमत छैनन्

प्रतिक्रिया दिनुहोस