शनिबार, ०३ कार्तिक २०८१

एमाले सुदूरपश्चिम उपसचिवमा जुट्यो सहमति : सचिवमा चन्द र उपसचिवमा बिक सर्वसम्मत

कैलाली । एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन् ।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन् । उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन् ।

यस अधि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए । अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस