शनिबार, ०३ कार्तिक २०८१

एमाले सुदूरपश्चिम नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन आज हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनी त्यो सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचन समितिले हिजो सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको थियो । सो अनुसार साँझ ५ बजे मतदान हुने छ ।

आज बिहान ७ बजे बाट फारम दर्ता गर्ने अन्य निर्वाचन गतिविधि अगाडि बढाइएको छ ।

अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस