मङ्गलबार, ०१ पुष २०८२

सर्वसम्मत प्रतिनिधी छनौट एकताको प्रमाण हो : एमाले बाजुरा

प्रेस चौतारी बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले बाहिर गरिएको हल्ला र भ्रम जस्तो विभाजन र विवाद एमाले भित्र नरहेको दाबी गरेका छन् । जबजको मर्मलाई नै संवोधन हुने गरि लोकतन्त्रको सर्वश्रेष्ठ सर्वसम्मतीको विधीलाई कार्यान्वयन गर्न एमाले बाजुुरा सफल भएको अध्यक्ष ओलीले बताएका छन् ।

आइतबार १४, मङि्सर २०८२ ०८:०२

बाजुरामा परिवर्तनका संवाहक सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम

तालिममा बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका १२ जना सहजकर्ता सहीत २२ जना सहभागि थिए । मंसिर १० देखि १४ गतेसम्म पाँच दिन चलेको तालिमपछि चार वटै पालिकामा सिओसी कक्षा सञ्चालन हुनेछन् । किशोरी अधिकार र उत्थानशिलता बारे ज्ञान सीप र क्षमता विकासका गतिविधी सञ्चालन गर्न सिओसी कक्षा सञ्चालन गर्न लागिएको पीसविन आभा परियोजना अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले बताएकी छन् ।

आइतबार १४, मङि्सर २०८२ ०८:०६

सद्भाव र सँस्कृति झल्किएको बडीमालिकाको उत्सवमय ११ औं स्थापना दिवस

स्थानीयले बडो उत्साह र उमंगका साथ दिवसमा भाग लिएका छन् । बडीमालिका साविक तीन गाविसका स्थानीयको साझा घर हो । घरको खुसी नै सबैको खुसी हो । घरलाई सुरक्षित राख्ने र सुन्दर बनाउने सबै सदस्यको जिम्मेवारी हुन्छ । खुसीमा सबै रमाउने, समस्यामा सबैले साथ दिएर अघि बढ्ने सन्देश सहीत स्थापना दिवस मनाएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

मङ्गलबार १६, मङि्सर २०८२ ०७:२८

बुढीनन्दामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सुरु, कोल्टीमा बढ्यो खेलको रौनक

बुढीनन्दा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड कोल्टीमा सुरु भएको छ । कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा शिल्ड सुरु भएको हो । खेलबाट पालिका स्तरीय प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलका लागि खेलाडी छनौट गरिने छ । 
शिल्डको नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीले उद्घाटन गरेका हुन् ।

मङ्गलबार १६, मङि्सर २०८२ ०९:३७

जिल्ला परियोजना सल्लाहकार समिति बैठक : उपलब्धीमा ध्यान दिन सुझाव

प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन आभा परियोजना जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । किशोरीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न, यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श दिन, शिक्षा र आर्थिक सशक्तिकरण गराउने र हिंसा रोकथाम तथा मनोसामाजिक सहयोग गराउने परियोजनाले काम गरिरहेको छ ।

बुधबार १७, मङि्सर २०८२ ०८:३०

शी लिड्स आइकन-२ अवार्ड तथा महिला जनप्रतिनिधि उत्सव मंसिर २२ मा हुने

कार्यक्रम बिहान ११ बजे उद्घाटन गरिने आयोजक कल्प इम्पावर वुमेन नेपालले जानकारी दिएको छ । आयोजकका अनुसार निर्णायक मण्डलले चयन गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिनेछ भने तीमध्ये उत्कृष्ट सात जनालाई ‘शी लिड्स आइकन(२०८१’ घोषणा गरी विशेष सम्मान प्रदान गरिनेछ ।

बुधबार १७, मङि्सर २०८२ ०९:३५

इजलासमै ढले वकिल

बिहिबार १८, मङि्सर २०८२ ०८:०३

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

बिहिबार १८, मङि्सर २०८२ ०८:०५

शंकर पोखरेल : नेपाली राजनीतिको भविष्य–दृष्टि

जबजका प्रमुख व्याख्याकार र वैचारिक नेता
डिजिटल नेपालको शिल्पकार
संघीयताको असली व्यवस्थापक
संगठन पुनर्जीवनकर्ता : जरा, ग्रासरुट र जागरण अभियान

शुक्रबार १९, मङि्सर २०८२ ०९:३५

मंसिर २९ गते एकताको सभा मार्तडीमा हुदै

सोमबार २२, मङि्सर २०८२ १२:३०

बडीमालिकामा ३६ जना बालबालिका विद्यालय बाहिर

मङ्गलबार २३, मङि्सर २०८२ १२:४९