बाजुरा : नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा जिल्ला सदरमुकाम मार्तडी मंसिर २९ गते गर्ने भएको छ । आइतबार नेपाली कम्युनिष्ट पार्टी बाजुराले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै एकिृत समाजवादी,नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने शनिबार बसेको बैठकले निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका शाहले पार्टीको एकताको सन्देश सहितको मंसिर २९ गते एकताको सभा गर्ने बताएका छन् ।हाल देशमा विभिन्न शक्ति केन्द्रबाट भइरहेका चलखेल, राष्ट्रिय अस्मिता र स्वतन्त्रता कमजोर पार्ने प्रयास र जनताले निर्माण गरेको लोकतान्त्रिक व्यवस्थामाथिको चुनौतीले नै नयाँ कम्युनिष्ट एकताको आवश्यकता महसुस भएर नया शक्ति निमार्ण भएको बताए । नेपालको संविधान, व्यवस्था, जनताको आकांक्षा र राष्ट्रको आवश्यकता अनुसार सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता रहेको उनको भनाइ थियो ।
कम्युनिष्ट पार्टीहरू प्रायः भूगोल वा वर्गीय संरचनाबाट नामकरण गर्दै आएको इतिहासलाई उदाहरण दिँदै शाहले यो पटक जनता नै परिवर्तनको मूल शक्ती भएकाले ‘नेपाली जनताका नाममा पार्टीको नामकरण गरिएको बताए ।
आयोजना गरिएको पत्रकार सम्मेलनमा बाजुराली जनताको चाहना एकै दिशामा उभिएको भन्दै आगामी मंसिर २९ गते हुने एकता सभाका लागि दश ओटा उप–समिति गठन गरिएको जानकारी दिए । सदरमुकाम मार्तडीमा मंसिर २९ गतेको एकता सन्देश सभाको तयारीका लागि मंसिर २२ गते पूर्वी उत्तरी क्षेत्रको पिलुचौर, मंसिर २४ गते दक्षिण क्षेत्रको टाँटेमा र मंसिर २५ गते सदरमुकाम मार्तडीमा बैडक आयोजना गरि तयारी थालिएको बताएका छन् । एकता सन्देश सभामा ब्यापक जनसहभागीका हुने र बाजुरा जिल्लाका थुप्रै नेता कार्यकर्ता समाहिन हुने समेत बताएका छन् । सम्मेलन प्रचार–प्रसार उप–समिति संयोजक अनिल शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेता कर्णबहादुर बि.क., मनलाल खत्री, कमल कुमारी शाह, पुर रावत, देवीचन्द्र बुढा, महेश शाही, दानबहादुर खड्का सहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस