सोमबार, १७ कार्तिक २०८२

नि:शुल्क हाडजाेर्नी सम्बन्धी शिविर सञ्चालन

बाजुरा: जिल्ला अस्पताल बाजुरामा  नि:शुल्क हाडजाेर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर अाज देखि सञ्चालन गरिएको छ।२१ गतेसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको छ ।नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराकाे संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्र शेखर यादवले बताएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गर्नुभएको हाे।गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुकाे लागी शिविर सञ्चालन गरिएकाे अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।

शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा प्रदान गरिने उनकाे भनाइ छ।शिविरकाे पहिलाे दिन आज नाम दर्ताकाे कार्य गरिएको छ ।त्यस्तै विरामी चेकजाँच कार्तिक १७ गते विहान लेखि २० गतेसम्म रहने छ भनेे विरामीहरुकाे शल्यक्रिया सेवा १७ गतेदेखि २१ गतेसम्म रहने भएको हाे।

शिविरमा आगाेले पाेलेका,खुट्टाकाे पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृिजन्य समस्या,हात वा खुट्टा भाचिएका,भाचिई बाङ्गिएर जाेडिएका,भाचिएकाे ठाउँमा पाता वा किला राखिएका,गाठागुठी निकाल्नु परेका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान गरिने भएको छ।

४७ औं बर्ष देखि गैरनाफामुलक सेवा दिदै आएकाे नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न राेगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिने नेपाल अर्थाेपेडिक अस्पतालका प्रशासकीय अधिकृत धिरज मैनालीले बताए ।

उपचार नपाईरहेका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरकाे आयोजना गर्न लागिएकाे उनले जानकारी दिए।विशेषगरी दुर्गमका जिल्लामा सेवा दिदै आईरहेकाे यस अस्पतालले बाजुरामा करिब ७ बर्ष अघि सेवा दिएकाे थियाे ।त्यसबेला करिब ५५ जना बढिकाे अप्रेनरशन गरिएकाेमा ११ सय बढिलाई ओपीडी सेवा प्रदान गरिएको थियाे।

बाजुराका बिपन्न,असहाय,आर्थिककाे अभावमा उपचार समस्यामा परेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गरि उपचारमा सहज बनाईने अपेक्षा नेपाल अर्थाेपेडिक अस्पतालले लिएकाे छ । शिविरमा करिब १६ जनाकाे टाेली रहने छ ।

शिविर उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम सभा सदस्य जुना दानीले स्वास्थ नै महत्त्वपूर्ण धन भएकोले सबैलाई सहज रुपमा स्वास्थ्य सेवा लिन आग्रह गरेकी हुन्।बाजुराका गरिव,दुखि,असहाय नागरिकहरुलाई शिविर सञ्चालनले ठुलाे सहयाेग गर्ने उनले बताईन् ।

त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा कुमारी थापाले शिविरले बाजुरा जस्ताे दुर्गमका नागरिकहरुकाे घाउमा मलम लगाउन ठुलाे सहयाेग पुग्ने बताईन्।आर्थिक अभावमा राेगकाे उपचार गराउन नसकेका यहाँका स्थानीयकाे लागी शिविर वरदान सावित बन्ने उनले बताएकी हुन्।

अस्पताल बाजुराका कार्यालय प्रमुख चन्द्रशेखर यादवकाे अध्यक्षतामा सञ्चालन भएको शिविर उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहनु भएको थियाे।त्यस्तै बडीमालिका नगरपालिकाकी उप- प्रमुख नन्दा कुमारी थापा विशिष्ट अतिथि रहनु भएको थियाे।

कार्यक्रममा बडीमालिका नगरपालिका वडा.नम्वर ७ का अध्यक्ष धर्मराज पाध्याय,नेपाल अर्थाेपेडिक अस्पताल बाट सेवा दिन आएका डाक्टर मुक्ति तिमिल्सेना लगायतकाे टाेली,अस्पतालमा बाजुरामा कार्यरत कर्मचारी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस