काठमाडौं : नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।शनिबार बसेको सचिवालय बैठकले एमालेको ११ औं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औं महाधिवेशन मंसिरमा काठमाडौंमा हुने छ ।
प्रतिक्रिया दिनुहोस