धनगढी : नेकपा एमालेको बैचारिक संस्था मदन भण्डारी फाउण्डेशन कैलाली जिल्लाको चौथो जिल्ला अधिवेशन जेठ २३ गते धनगढीमा सम्पन्न भएको छ ।मदन भण्डारी फाउण्डेशन कैलालीको अध्यक्षमा रामचन्द्र जोशी पुनः अध्यक्ष्म पदमा निर्विरोध चयन गरिएको छ ।
निर्विरोध निर्वाचित कमिटीका उपाध्यक्षमा रमेश बस्नेत, सचिवमा मीन बहादुर रावल, प्रवक्तामा राजेन्द्र प्रसाद खनाल रहेका छन् भने कमिटीका अन्य सदस्यमामा नेत्र बोहरा, धिर्जा रावल,हुकुम बोहरा,बल बहादुर थापा,गणेश परियार, कमल प्रसाद खनाल, टेक बहादुर बोहरा, निर्मल चौधरी, जुद्ध बहादुर सावद, ज्ञानेन्द्र केसी, राधाकुमारी जोशी, चन्द्र लामिछाने, दान बहादुर बिश्वकर्मा, शिवलाल राना, दयाराम पाध्याय, सरस्वती सिंह, राजकुमार घिमिरे, प्रेम भण्डारी रहेका छन् ।
यस्तै कमिटीका सल्हाकार संयोजक प्रतिमान चौलागाईको संयोजकत्वमा तीन सदस्यीय सल्हाकार समिति गठन गरिएको छ ।चौथो जिल्ल अधिवेशनलाई उद्धघाटन गर्नुहुँदै कार्यक्रमका प्रमूख अतिथी एवं नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपीश्चम प्रदेश ईन्चार्ज लेखराज भटट्ले आजको नेपाली कम्यूनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादीबाटो मार्फत स्वर्गीय महासचिव मदन कुमार भण्डारीले अख्तियार गर्न खाजेको खाकालाई साकार पार्न सबै एमाले कार्यकर्ताहरुले बहुदलीय जनवादलाई जनतामाझ लैजान सक्नु पर्ने बताउनु भएको छ ।
जनताको बहुदलिय जनवाद अवको कम्यूनिष्ट आन्दोलनको एकमात्र मियो बनेको बताउँदै मदन भण्डारीका विचारलाई जनतामाझ विस्तार गर्दै लैजान नेता कार्यकर्तालाई आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले पछिल्लो समयमा एमालेमा आईरहेको बिचलनलाई कम गर्दै जनताको बहुदलिय जनवादलाई जनतामा व्यवहारवादका रुपमा लागु गर्दै लैजानु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय सदस्य सन्तोष शर्मा थापा, सहदेव बोगटी, हर्देव जोशी, केन्द्रिय सल्हाकार महेश्वर पाठक, अफिलाल उखेडा, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशी,सचिव रण बहादुर चन्द, कैलाली जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र बहादुर शाही, सचिव ममता प्रसाद चौधरी, पूर्व सचिव डेजी पाण्डेय लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
चौथो जिल्ला सम्मेलन आयोजक समितिका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन सत्रको सञ्चालन आयोजक समितिका सचिव मीन बहादुर रावलले गर्नु भएको थियो भने स्वागत मन्तव्य आयोजक कमिटीका उपाध्यक्ष राजेन्द्र प्रसाद खनालले गर्नु भएको थियो ।
सो अवसरमा फाउण्डेशन कैलालीका एमालेका संस्थापक सदस्य जोगि सिंह बिष्ट मदन भण्डारी फाउण्डेशन कैलालीका संस्थापक सदस्य वीरेन्द्र बहादर रावल,भान सिंह विश्वकर्मा र एमालेका संस्थापक सदस्य तथा जेष्ट कम्यूनिष्ट मञ्चका सदस्य प्रतिमान चौलागाई लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
अधिवेशनमा कैलाली जिल्लका विभिन्न वडाका २५० जना जति प्रतिनिधी र प्रवेक्षकको सहभागिता रहेको थियो ।चैथो जिल्ला सम्मेलन हाल सम्मकै ऐतिहासिक रहेको पनि सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस