शनिबार, २४ जेठ २०८२

मन्त्री पाण्डे आगलागी क्षेत्रको निरीक्षण गर्न बाजुरा पुगे

बाजुरा ः आगलागीबाट नष्ट भएको बाम्का बजार क्षेत्रको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले निरीक्षण गरेका छन् ।आगलागी भए लगत्तै काठमाण्डौंबाट हिडेका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिबार बिहान निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री पाण्डले  जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिएसंगै आगजनीबाट पीडित व्यक्तिहरुसँग समेत भेटघाट गरेको बताईएको छ ।बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि हो । शुक्रबार दिउँसा आगलागी भएर ४० वटा पसलहरू जलेर नष्ट हुँदा करोड भन्दा बढीको क्षति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस