आइतबार, २५ जेठ २०८२

आगलागी पीडितका लागि राहत संकलन गर्दै,बाजुरा उद्योग बाणिज्य संघ

बाजुरा : उद्योग बाणिज्य संघ बाजुराले बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागी पीडित व्यवसायीहरुका लागि राहत संकलन अभियान आज वाट सुरु गरेको छ ।शनिबार बिहान बसेको  बैठकले बाम्का बजारमा भएको आगलागीबाट पीडित बनेका व्यवासायीहरुका लागि तत्काल राहत तथा पसल व्यवस्थापनका लागि संघ प्रदेश, स्थानीय तह र नेपाल उद्योग बाणिज्य संघ, प्रदेश महासंघ, जिल्ला, नगर उद्योग बाणिज्य संघ र अन्य संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी सचिव टेकबहादुर धामीले बताउनु भएको छ ।

आगलागी पीडित व्यवसायीहरुको राहत संकलन अभियानका लागि मार्तडी, बाम्का, बेतालमाण्डौ र रिठा बजारमा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्षको नेतृत्वमा द्धित्तिय उपाध्यक्ष तुलाबहादुर रोकाया, सचिव अफिलाल धामी, कोषाध्यक्ष हंशबहादुर सिंह, सदस्यहरु पार्वती जोशी, मिठिला सिंह, ज्ञानबहादुर थापा, टेकबहादुर धामी र बन्दना रोकायालाई खटाउने निर्णय गरेको छ ।

 सोही अभियानका लागि कोल्टी, पीलुचौर र धुलाचौर बजारमा कोषाध्यक्ष हंशबहादुर सिंह, भगिरथी शाही र सदस्य सचिव टेकबहादुर धामीलाई परिचालन गरिएको छ।शुक्रबार दिउँसो साँफे मार्तडी बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा खाना पाकाउने ग्यास सिलिण्डर पड्केर बजारका करिब ४० बढी पसलहरु जलेर  नष्ट भएका थिए ।
उद्योग बाणिज्य संघले जिल्ला भित्रका स्थानीय तह, नगर उद्योग वाणिज्य, स्थानीय व्यवसायीहरुबाट संकलन भएको राहत रकम बाजुरा उद्योग बाणिज्य संघको विपत व्यवस्थापन कोषमा जम्मा गरी आगलागी पीडितलाई सहयोग बैठकको निणय गरिएको छ ।

बाजुरा उद्योग बाणिज्य संघका उपाध्यक्ष चक्रबहादुर रोकायाको अध्यक्षतामा शनिवार बिहान बसेको बैठकले बाम्का बजारका आगलागी पीडित व्यवसायीहरुका लागि स्थानीय बजार समितिका पदाधिकारीहरुसंग समन्वय गरेर राहत संकलन अभियान चलाउने निर्णय गरिएको हो ।आगलागीबाट करिब ८ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको एकिन विवरण अझै आउन अझै बाँकी रहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस