शनिबार, २४ जेठ २०८२

बाम्का बजारमा भिषण आगलागि,क्षतिकाे एकिन हुन सकेको छैन

बाजुरा:बाजुरा जिल्लाको बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किदा आगलागि भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बजारको होटलबाट लागेको आगोले जलेर १२ बढी पसलहरु जलेर नष्ट भएको प्रहरीको जनाएको छ । 
आगलागि वाट लाखौंको क्षती भएको छ । आगो लाग्नुको कारण खुलेको भएपनि के कति क्षति भयो भन्ने बारेमा एकिन हुन सकेको छैन । 
हावाहुरीका कारण आगो नियन्त्रण हम्मे भएकाे बताइएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी,स्थानीयहरु लागि रहेका छन् ।आगलागिका कारण फाइवर इन्टरनेट र विद्युत सेवा समेत अवरोध भएको छ । 

प्रतिक्रिया दिनुहोस