बाजुरा ःबाजुराकाे साँफे-मार्तडी सडक खण्डको बल्दे नजिकैको सडकमा मालवाहक जीप पल्टिएको छ । मालबाहक जीप सडकमै पल्टिएपछि मार्तडीमा आउने र मार्तडीबाट बाहिर जाने सवारी साधनहरुबीच बाटोमै रोकिएको छन् । मालबाहक जीप हटाउनका लागि अहिले प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी जानकारी दिए ।
जिप डाब बजारबाट सामान लिएर सदरमुकाम मार्तडी तिर आउँदै गरेको शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको छ ।उनका अनुसार जीप सडकमै पल्टिएको र मानवीय क्षती भने नभएको बताएका छन् । मालबाहक जीप भने मार्तडी बजारका व्यापारी हंसबहादुर सिंहको रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस