आइतबार, २३ भदौ २०८१

व्यापारीले मनोमानी मुल्य वृद्धि गरेकोमा अनेरास्ववियुको विरोध, नियन्त्रण गर्न प्रशासनसँग माग

बाजुरा :  अनेरास्ववियु जिल्ला कमिटी बाजुराले पछिल्लो समयमा मार्तडी बजारमा बढ्दै गएको मुल्य वृद्धि कम गर्न माग गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई ज्ञापन पत्र बुझाउदै जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यानाकर्षण गराएको हो । व्यापारीहरु मनोमानी तरिकाले दैनिक उपभोग्य बस्तुको मुल्य  बढाएको प्रती अनेरास्ववियु बाजुराको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

व्यापारीहरुले बढाएको बस्तुको मुल्यको प्रत्यक्ष असर सर्वसाधारण जनता माथी परेको भन्दै तत्काल रोक्न आग्रह ज्ञापन पत्र मार्फत गरिएको छ । बजारको मुल्य वृद्धि दर भाउ कायम गर्नुपर्ने, बजारामा बिक्री भैरहेका दैनिक उपभोग्य बस्तुहरुको दर भाउ सुचना पार्टी तास गर्नुपर्ने, समय समयमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने माग पनि गरेको छ । 

यो संगै यतिबेला मार्तडी बजारमा एसईईको पुरक परिक्षा दिनका लागि सदरमुकाम भित्रीएका  विद्यार्थीहरुको चाप अत्याधिक बढेकोले सदरमुकाम भित्रको लोकतान्त्रिक चोक, मालिका मा. वि बिद्यालय, बसपार्क लगायतका ठाउँमा सुरक्षा कडाई गर्नुपर्ने माग समेत गरेको छ । मार्तडी बजार बासिले  शान्ति सुरक्षाको आभास गर्न पाउने गरि सुरक्षा व्यवस्था गर्न पनि माग गरेको छ ।

विद्यार्थीहरुको हक हिताका लागि आवाज उठाउने विद्यार्थी संगठन पछिल्लो समयमा जनताका जनजिविकाका सवालहरुलाई उठान गर्दै समयमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै आएको छ । 

विद्यार्थी हकहितका बिषयमा मात्र होईन समाज रुपान्तरण र परिवर्तनका लागि पनि सक्रिय भुमिका निर्वाह गर्दै आएको विद्यार्थी संगठन अनेरास्ववियुले उल्लेख्य काम गर्दै आएको छ  । सामाजिक क्षेत्रमा पनि एक पछि अर्को रचनात्मक कार्य संगठनले गर्दै आएको छ । 

No description available.

प्रतिक्रिया दिनुहोस