आइतबार, २३ भदौ २०८१

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, २ दिनका लागी बैठक स्थगित

एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ। अवरोधका कारण आजका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन ।

एमालेको अवरोधपछी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाउनु भएको छ । आजको बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए।समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताउनुभयो ।यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।

एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आजपनि एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।

एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो, तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि उहाँले बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित गर्नुभएको हो।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ। हिजो गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सांसदहरूले उठाएका प्रश्नमाथि प्रतिनिधि सभा बैठकमा जवाफ दिनुभएको थियो। गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमालेले पुन संसद बैठक अवरुद्ध पारेको हो।


रेडियो एनआरएन बाट साभार 

प्रतिक्रिया दिनुहोस