बाजुरा : नेपाली कांग्रेस बाजुराले पार्टी सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सञ्चालन गरेको छ । केन्द्रिय कार्यसमितिको निर्णय अनुसार प्रत्यक जिल्लामा पार्टी सुदृढीकरण अभियानका लागि केन्द्रबाटै प्रतिनिधि खटाइएको छ । सोही निर्णय अनुसार बाजुरामा पनि आजबाट यो अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।
आज बडीमालिका नगरपालिकाबाट एक औपचारिक कार्यक्रम गरि पार्टी सुदृढीकरण अभियान सञ्चालन गरिएको छ । जिल्लाका ९ वटै पालिकामा केन्द्रबाट खटिएको टोली पार्टी सुदृढीकरणका लागि पुग्ने बताइएको छ ।
पार्टीलाई बलियो बनाउन,जनताका जनगुनासा सुन्न, विगतमा भएका कमि कमजोरीका बिषयमा समिक्षा गर्नका लागि पार्टी सुदृढीकरण अभियान थालिएको हो । आजबाट सुरु भएको पार्टी सुदृढीकरण अभियान बडीमालिका नगरपालिका वडा न . ८ स्थित अपी होटेलमा एक औपचारिक कार्यक्रम गरि सुरुवात गरिएको छ ।
नेपाली कांग्रेस बडिमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिती प्रतिनिधी सभाका सदस्य बद्री प्रशाद पाण्डे रहेका छन् । कार्यक्रममा बिशिस्ट अथिती नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वड, जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावल, प्रदेश सभा (ख) का सदस्य पदम बहादुर शाही, समानुपातिक प्रदेश सभा सदस्य महिला नेतृ जुना दानी,पुर्व संविधान सभा सदस्य महा नेपाली, निवर्तमान पार्टी सभापति कविराज पण्डित, रहेका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि,प्रदेश कार्यसमितिका पधातिकारी, जिल्ला कार्य समितिका पधातिकारी, ९ वटै पालिकाका सभापति, नगरकार्य समिति गाउँ कार्यसमितिका पधातिकारी, पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहका भातृ संगठनका प्रमुख एवम् प्रतिनिधी लगायत पार्टीमा आस्थावान कार्यकर्ता लगायतको उपस्तिथि रहेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका अनुसार यहीँ श्रावण २४ त्रीवेणी, २५ गते बुढीगंगा, २६ गते छेडेदह गाउँपालिका, २७ गते गौमुल गाउँपालिका, २८ गते माथिल्लो पालिका प्रस्थान हुने बताइएको छ ।
यस्तै २९ गते हिमाली, ३० गते स्वामिकार्तिक, ३१ गते जगन्नाथ, र ३२ गते, बुढिनदामा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्यतालिका जिल्ला कार्य समिति बाजुराको छ । केन्द्रबाटै खटाइएका केन्द्रीय सदस्य नृप बहादुर वड र कांग्रेस केन्द्रिय सहमहामन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य बद्री प्रशाद पाण्डे प्रत्येक पालिका जानेछन् ।
प्रतिक्रिया दिनुहोस