शुक्रबार, ०४ असोज २०८१

भीमदत्तको सालीक तोडफोडप्रति कंचनपुर एमालेको ध्यानाकर्षण, संलग्नलाई कारवाहीको माग

कंचनपुर : नेकपा एमाले कंचनपुरले क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सालीक तोडफोडको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले प्रेस विज्ञप्ती जारी गर्दै किसान, मजदुर, गरिब र पीडितका पक्षमा बोल्दा जीवन गुमाएका नेता भीमदत्तको अपमान गर्दै सालीक तोडफोड गरिने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।

‘राष्ट्रवादी कंचनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको सालीक तोडफोड गरेका हुन् । राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको सालीक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशिध्र कारवाही गर्न एमाले कंचनपुरले माग गरेको छ ।

अराजकता र व्यवस्था विरोधीका विरुद्ध नेकपा एमालेले देशव्यापी खबरदारी थालेको छ । गठबन्धन सरकार मौन बसेरहेको बेला एमालेले गणतन्त्र र नेपालको इतिहासका विरुद्धमा बोल्नेका विरुद्ध शसक्त प्रतिकारमा उभियाने नीति नै लिएको कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले बताएकी छन् ।  
May be an image of text

प्रतिक्रिया दिनुहोस