शुक्रबार, ०४ असोज २०८१

मंसिर १४ देखि सुरुहुने ‘समृद्धिकालागि संकल्प यात्रा’को तयारीमा जुट्यो एमाले प्रदेश कमिटी

धनगढी : नेकपा एमाले सुदूरपश्मिच प्रदेश कमिटीले ‘समृद्धिका लागि संकल्प यात्रा’ को तयारी थालेको छ । मंसिर १४ गतेबाट सुरु हुने यात्राको पूर्व तयारी र व्यवस्थापनका लागि प्रदेश कमिटीले आन्तरिक गृहकार्य सुरु गरेको सचिव रणबहादुर चन्द्रले बताएका छन् ।

बैतडीको झुलाघाट देखि  पाँचथरको चिवा भन्ज्याङ सम्म नेकपा एमालेले पुष्पलाल मध्य पहाडी राजमार्गमा ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ । तराइ, पहार र हिमाल जोड्ने, जनताका समस्यासँग एमाले जोडिने यात्राका रुपमा देशव्यापी अभियान सञ्चालन गर्न थालिएको प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बताएका छन् ।

यात्राको तयारीका लागि प्रदेश कार्यालयमा पदाधिकारी बैठक बसेको छ । प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव छवीलाल विश्वकर्मा र कर्णाली इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट सहीतको उपस्थितिमा तयारीका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द्र, उपसचिव भगीरथी विष्ट र नरबहादुर विश्वकर्मा सहभागि थिए । नेकपा एमालेले अभियानको सुरुवाद नै सुदूरपश्चिमबाट गर्न यस अघि नै निर्णय गरिएको छ ।

अवस्था अध्ययन तथा अन्य तयारी विषयमा छलफल गर्न पार्टी केन्द्रीय उपमहासचिव विष्णु रिमाल नेतृत्वको उच्च स्तरीय टोलीले समेत संभावित स्थलको अध्ययन यस अघि नै गरिसकेको छ । पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहीत शिर्ष नेतृत्व देखि सिंगो पार्टी पंक्तिलाई अभियानमा उतार्ने लक्ष्य एमालेले लिएको छ ।

कार्यकर्ता परिचालन, केन्द्रीय नेतृत्वको टिम व्यवस्थापन, यात्रामा उठाउनु पर्ने विषय, जनतासँग जोडिन गर्नु पर्ने गतिविधी र जनतालाई एमालेको अभियानमा जोड्न आवश्यक गतिधिवी बारे बैठकमा छलफल गरिएको छ । 

साथै भुकम्प पीडित र प्रभावित नागरिकलाई पार्टी कमिटीका तर्फबाट अभियानमा दौरानमा हुने सहयोग बारे पनि छलफल गरिएको छ । प्रत्येक प्रदेशमा कम्तीमा २ वटा ठुला सभा गर्ने र बृहत जन परिचालन गर्ने तयारीमा एमाले जुटेको छ । प्रत्येक बस्तीमा पुग्ने तयारी एमालेको छ । 

प्रतिक्रिया दिनुहोस