बुधबार, २० चैत २०८१

दाइलाई 'भोजमा चाँडै आउनु' भनेर रिपोर्टिङमा हिँडेका थिए सुरेश

काठमाडौँ : बिहान चन्द्रागिरीस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजकको घरमा भोजको तयारी थियो । उनले माइलो दाइ दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनु ।’

तीन भाइमध्ये सुरेश र दिनेश तीन महिनादेखि नयाँ घर चन्द्रागिरीमा बस्दै आएका थिए । दिनेश र सुरेश दुवै पत्रकारिता गर्थे । त्यो दिन जेठो दाइ र आफन्तलाई उनीहरूले भोजमा डाकेर दुवै राजावादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङमा निस्किए । घरमा आफन्तहरूको उपस्थितिले रमझम बढिरहेको थियो ।

‘चाँडो आउँछु भनेर निस्केको भाइ अब कहिल्यै फर्किएन,’ दाइ दिनेश भक्कानिँदै भन्छन् ।

शुक्रबार राजावादीहरूले काठमाडौंको तीनकुनेमा केन्द्रित गरेको प्रदर्शनमा उनीहरुले एक भवन आगजनी गरे । एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश त्यही दृश्य खिचिरहेका थिए । आगोमा परी उनले ज्यान गुमाए ।

२०४७ सालमा जन्मेका सुरेशले एसएलसीसम्म पढेका थिए । पत्रकारितामा आउनुअघि उनी वैदेशिक रोजगारीका क्रममा मलेसिया थिए । ‘भाइ उतै हुँदा आमा बित्नुभयो अनि ऊ फर्किएर नेपाल आयो । त्यसपछि विदेश नगई पत्रकारिता सुरु गर्‍यो,’ दिनेश भन्छन् ।

शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । ‘हामीले खाना बाहिर खायौं । तीनकुनेको एउटा कलेजमा बाइक पार्किङ गरेर फिल्डमा गएका थियौं,’ अनिल भन्छन् ।

उनका अनुसार सुरेश र अनिल त्यहाँ पुग्दा राजावादी प्रदर्शनकारी भर्खर भेला हुँदै थिए । ३० मिनेटजति रिपोर्टिङ गरेर उनीहरू साथीहरूसँग चिया पिउन आगलागी भएको भवनसँगैको गल्लीभित्र गए । प्रदर्शनकारीले प्रदर्शन गरिरहेका बेला प्रहरीले अश्रुग्यास फाल्यो भन्ने खबर पाए । ‘गल्लीबाट निस्कँदै प्रदर्शनकारीले माथिबाट प्रहरीले अश्रुग्यास फाल्यो भनेर ढुंगामुढा गर्ने प्रयत्न गर्दै थिए । सडकमा निस्किएपछि हामीलाई अश्रुग्यासले उकुसमुकुस बनायो । दाइले प्रहरीको समूहमा छिर्छु भनेर मलाई क्यामरा थमाइदिनुभयो । अनि अगाडि जानुभयो । दाइले मोबाइलबाट लाइभ गर्नुभयो,’ अनिल सुनाउँछन्, ‘केहीबेरपछि फेरि दाइ र म पहिल्यैको चिया पसलमा भेट्यौं ।’


त्यहीबेला गल्लीबाट एक्कासि आन्दोलनकारीले भवनतिर आक्रमण गर्न थालेको भेउ पाएहरूले । उनीहरू भवनको अगाडिपट्टि दृश्य खिच्दै पुगे । अचानक भीड बढ्यो र उत्तेजित भयो । भवन प्रवेश गर्ने सटरको चाबी तोडेर आन्दोलनकारी भित्र छिर्न थाले । ‘त्यसपछि दाइ बुम मलाई थमाइदिएर स्वाट्टै छिर्नुभयो । मैले केही भन्नै पाइनँ । दाइ दोस्रो तलामा बसेर खिच्नुभएको हेरिरहेको थिएँ । ढुंगामुढा चलिरहेको थियो । त्यहीबेला प्रदर्शनकारीले आगो लगाउनुपर्छ भनिरहेका थिए,’ अनिल भन्छन्, ‘सामान माथिबाट झारिरहेका थिए । फेरि अश्रुग्यास प्रहार गरियो । म पनि एकतिर भएँ । प्रदर्शनकारी तितरबितर भए ।’

क्गचभकज जबम धबपिभम ष्ल चभउयचतष्लन बकपष्लन म्बष् तय ुअयmभ भबचथि तय तजभ उबचतथु

अनिलका अनुसार प्रदर्शनकारीले आगो बाल्न लागेको देखे । आगो जलिरहँदा सुरेश तेस्रो तलामा रहेर दृश्य कैद गरिरहेको देखेपछि उनले इसारा गरे, सुरेशले देखेनन् । फोन गरे, उठाएनन् । ‘त्यसपछि एमसीआरमा फोन गरेँ । हल्लाखल्ला मच्चियो । माथि गएका मान्छे झर्न थाले । दाइ आउनुहुन्छ होला भनेर हेरेँ तर आउनुभएन । सम्पर्क नै हुन सकेन,’ अनिल भन्छन् ।

अनिल आत्तिएर ढुंगामुढाको सामना गर्दै प्रहरीसमक्ष पुगे । तर प्रहरीहरूले आफ्नो गुहार नसुनेको अनिलको गुनासो छ । १० मिनेटपछि दमकल त आयो तर प्रदर्शनकारीको ढुंगाको प्रहारबाट दमकलको सिसा फुट्यो । आगो निभाउन सकेन । ‘त्यसपछि प्रहरीलाई गुहार मागेँ । फेरि पनि गुहार सुनेनन् । दमकल बोलाउन लगाउँदा उनीहरूले ढुंगामुढा हुन्छ भन्दै टारे,ु अनिल भन्छन्, ुमान्छे भित्र हराइरहेको छ तर प्रहरी प्रशासनको त्यस्तो जवाफ आयो । मैले घुँडा टेकेर प्रदर्शनकारी र प्रहरीलाई ढोग्न थालेँ ।’

पछि दमकल आएर आगो निभायो । सशस्त्र प्रहरीका तीन प्रहरी गए । उनीहरूले मान्छे क्षति नभएको भन्दै ढुक्क हुनु भने । ‘त्यसपछि दाइलाई अस्पताल लगायत विभिन्न ठाउँमा खोज्यौं, भेटेनौं । फेरि आगो बल्न थाल्यो भवनमा । पछि आगो निभाएर माथि जाँदा दाइको जलेको शव थियो,’ उनी सुनाउँछन् ।

सुरेशका दाइ दिनेशले रिपोर्टिङका क्रममा भाइ भवनभित्र फसेको पछि थाहा पाए । ‘उसलाई नियोजित रुपमा मारे । बचाउन सकिन्थ्यो । तर प्रहरीको लापरबाहीले ज्यान गुमायो,’ दिनेश भन्छन् ।

सुरेशको परिवारले उनलाई सहिद घोषणा गर्न, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेको छ ।

निडर पत्रकार
सुरेशका सहकर्मी र पूर्वसहकर्मीका अनुसार उनी निडर र इमानदार थिए । सुरेशले माउन्टेन टेलिभिजनबाट ७ वर्षअघि पत्रकारिता सुरु गरेका थिए । ‘त्यतिबेला सुरुमा उहाँलाई तालिम हामीले नै दिएका थियौं,’ माउन्टेन टेलिभिजनमा सँगै काम गरेका सुरेशका पूर्वसहकर्मी डीबी मगर भन्छन्, ‘त्यतिबेलादेखि नै उहाँ आँटिलो हुनुहुन्थ्यो । जोखिम मोलेर काम गर्न रुचाउनुहुन्थ्यो ।’

क्गचभकज जबम धबपिभम ष्ल चभउयचतष्लन बकपष्लन म्बष् तय ुअयmभ भबचथि तय तजभ उबचतथु

डीबीका अनुसार एमसीसीविरुद्ध भएको आन्दोलनका बेला रिपोर्टिङ गर्दा पनि सुरेश घाइते भएका थिए । केही महिना माउन्टेनमा काम गरेर उनी एभिन्युज टेलिभिजन गएका थिए ।

दाइ दिनेशका अनुसार उनी आफ्नो काममा सधैं इमानदार र दत्तचित्त रहन्थे । ‘ऊ अफिस समयभन्दा जहिल्यै अगाडि पुग्थ्यो । काममा कहिल्यै बिदा लिएर बसेको थाहा छैन । उसलाई जोखिम मोलेर काम गर्न साह्रै इच्छा लाग्थ्यो,’ दिनेश भन्छन् ।

सुरेशले ८ वर्षअघि बिहे गरेका थिए । भाइ गुमाएपछि आहत भइरहेका दिनेश आफू र परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्तामा छन् । भक्कानिँदै भन्छन्, ‘यस्तो बेलामा कसरी मन बुझाऊँ रु’

प्रतिक्रिया दिनुहोस