बुधबार, २० चैत २०८१

पत्रकारको हत्या र संचार माध्याममा आक्रमण विरुद्ध सरकारलाई ध्यानाकर्षण

बाजुरा :नेपाल पत्रकार महासंघ केन्द्रिय सर्कुलर अनुसार जिल्ला शाखा बाजुराले पनि चरणवद्ध आन्दोलनमा आज ज्ञापन पत्र बुझाएको छ । सोमबार अर्थात आन्दोलनको तेस्रो दिन केन्द्रिय सर्कुलर अुनसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
काठमाडौंमा चैत्र १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रर्दशनका क्रममा राजा बादी भन्ने अराजक समुहले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार शुरेस रजकको हत्या संगे विभिन्न संचार माध्यामहरु माथी आक्रमण भएको ध्यानाकर्षण गराउर्दै ज्ञापन पत्रमा नेपाल पत्रकार महाँसध सचिवको हस्ताक्षर सहितको ध्यानाकर्षण गराएका छन् ।
 पत्रकारको हत्याबारे गहिरो अनुसन्धान सहित हत्यामा संग्लन सबैलाई फौजदारी कारबाही गर्न तथा उहाँको परिवारलाई क्षेतीपूर्ति दिन,संचार माध्याम र संचारकर्मी माथी आक्रमण गर्ने सबैलाई कानुनी कठघेरामा ल्याउन ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।

Open photo

 

प्रतिक्रिया दिनुहोस