बाजुरा: अागामी फागुन २१ हुने प्रतिनिधि सभाकाे निर्वाचनका उम्मेदवार लाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का भएका छन् । माघ ११ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस बाजुराबाट जिल्ला देखि केन्द्रसम्म प्रभाव राख्ने सबै नेताहरू धनगढीमा जम्मा भएर एकताकाे सन्देश दिएका हुन् ।
काँग्रेस सम्पर्क समिति धनगढीकाे अायाेजनामा लोकतन्त्र, विकास तथा जनताको पक्षमा दृढतापूर्वक उभिने संकल्प सहित प्रतिनिधि सभा उम्मेदवार जनकराज गिरी, राष्ट्रिय सभा सदस्य उम्मेदवार खम्म खाती, समानुपातिक उम्मेदवार बिद्या तिमिल्सेनालाई जिताउनका लागि सबै एक ढिक्का भएकाे काँग्रेस नेताहरूले बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे, पूर्व महान्यायाधिवक्ता खम्म खाती, पूर्व केन्द्रीय सदस्य बिधा तिमिल्सेना, जिल्ला पार्टी सभापति रामसिंह रावल, पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व जिल्ला सभापति कविराज पण्डित, बाजुरा जिल्ला उम्मेदवार जनकराज गिरी, महासमिति सदस्य महा नेपाली, महासमिति सदस्य पदमबहादुर साही, जुना दानी तथा युवा नेता चक्र शाह लगायत शीर्ष नेताहरूले काँग्रेसका पक्षमा नजिता ल्याउनकाे लागि सबै एक ठाउँमा रहेबाे बताएका हुन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन सकेर
कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी र विद्या तिमिल्सेनालाई जिताउन एकजुट भएर गाउँ गाँउमा जाने स्राेतले बताएको छ ।
“एकता नै हाम्रो शक्ति हो, प्रतिबद्धता नै जितको आधार हो” भन्ने सन्देशसहित बाजुरा कांग्रेसको जित सुनिश्चित हुने गरि काँग्रेस एक ढिक्का भएर लाग्ने सहभागीले बताएका छन् । नेपाली कांग्रेस बाजुराले आगामी निर्वाचनमा जिल्लाबासीको समर्थन सहित ऐतिहासिक जित हाँसिल गर्ने दाबी पनि गरेकाे छ।
प्रतिक्रिया दिनुहोस