आइतबार, ११ माघ २०८२

बाजुरामा यस बर्षकाे हिउदमा पहिलोपटक हिमपात किसानहरु खुसी

बाजुरा:बाजुरा जिल्लामा शुक्रवार रातिदेखि बर्षासहित उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात सुरु भएकाे छ ।हरेक बर्ष पुष महिनाको सुरुमै हिमपात हुने गरे पनि यस बर्ष भने माघको दोस्रो साताबाट हिमपात भएको छ । जिल्लाका ९ वटै स्थानीय तहका उच्च हिमाली भेगमा शुक्रवार रातिदेखि बर्षा र भारी हिमपात भएको स्थानीयहरुले बताएका छन् । अहिले पनि सो स्थानहरुमा हल्का बर्षासहित हिमपात जारी छ ।

लामो समयसम्म  बर्षा र हिमपात नहुदाँ हिउँदे बाली उत्पादनमा कमी भएकाे थियाे भने अहिले जिल्ला भरी सबै ठाउमा पानी अाए पछी स्थानीय किसान भने खुसी भएका छन्  । जिल्लामा लामो समयपछि बर्षा र उच्च भेगमा हिमपात सुरु भएपछि याँहाको जनजीवन भने कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बर्षासहित हिमपात भइरहेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस