शुक्रबार, ०९ माघ २०८२

बाजुरामा शान्तिपूर्ण र स्वतन्त्र मतदानको वातावरण बनाउने उम्मेदवारविच सामूहिक प्रतिबद्धता गरे

बाजुरा : बाजुरामा  ८ जना उम्मेदवारहरुले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता गरेका छन् । बिहीबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा जिल्लाको सामाजिक शान्ति, समानता, राजनितिक सद्भाव, सन्तुलित न्यायपूर्ण विकास, सदाचार विधी र सुशासनका लागि उम्मेदवारी दिएकाले फागुन २१ गते हुने मतदान प्रक्रियामा स्वतन्त्र, शान्तिपूर्ण, विश्वासिलो पारदर्शीता बनाउनका लागि ९ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर सहित सार्वजनिक गरेको बताए ।
 बुधबार आठ वटै उम्मेदवारहरुको सामुहिक छलफलबाट महासंघ बाजुरालाई उक्त आयोजनाको लागि  आग्रह पछि सामुहिक प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम गरिएको बताएका छन् ।  
विगतका इतिहासमाका कारण जिल्लाको हरेक गतिविधीमा आँच आउने  थालेपछि सकारात्मक सन्देश सहितको जिल्लामा शासिन्त सुव्यवीथा कायम र मतदान शान्तिपूर्ण वातावरणमा गर्नका लागि उम्मेदवारहरुले पत्रकार सम्मेलन मार्फत प्रतिवद्धता जनाएका हुन् । 
विगतका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्धन्द्ध, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धता राजनीतिक परिपक्वताको देखिएको छ । 
संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्म समीक्षा गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएकाे छ । 
 उम्मेदवारहरुको सामूहिक प्रतिवद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमन चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 
आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउन, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्धन्द्ध उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिवद्धता गरेका हुन् । 

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र वि.क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।

नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएका पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, पत्रकार लगायतको सहभागीता रहेको थियो । बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाजुराका सह–सचिव जनक बोहराले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस