आइतबार, ०७ मङि्सर २०८२

बाजुराका कृषकका लागि बढि जाेड दिने :मुख्य मन्त्री साह

बाजुरा : बुढीनन्दा नगरपालिकाको वडा न. २ कोल्टीमा आयोजना भएको  कृषि जैविक विविधता तथा स्थानीय उत्पादन प्रदर्शनी मेला -२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न किसिमका योजनाहरु ल्याएको स्पष्ट पार्नु भएकाे छ  ।उहाँले कृषकहरूका लागि विभिन्न किसिमका अनुदान, बीउ बिजन लगायत सहुलियत ऋण व्यवस्थाका लागि प्रदेश सरकारले पहल गर्ने र साथै बाजुरा जिल्लामा इलाका प्रशासन कार्यालय कोल्टीमा स्थापनाका गर्न लागिएको मुख्य मन्त्री साहले बताएका छन्  । 
मुख्यमन्त्रीका साथमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नरेश शाही, जुना दानी, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल, बुढीनन्दा नगरपालिकाका उप प्रमुख राम बहादुर बोहरा, भौतिक पुर्वाधारत्र विकास मन्त्रालयका निर्देशक जगतप्रसाद जोशी सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस