आइतबार, ०७ मङि्सर २०८२

बडीमालि क्षेत्रको  विकासका लागि प्रदेश सरकार तयार छ ः मुख्यमन्त्री शाह

बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्तिनाथ जस्तै बडीमालिको महत्व पनि त्यतिकै रहेको बताउनु भएको छ । शनिबार त्रिवेणी  नगरपालिका ४ तोलीमा रहेको तोली देवल माध्यमिक विद्यालयले आयोजना गरेको बडीमालिका मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महायज्ञ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले बडीमालिकाको विकासका लागि प्रदेश सरका पछि नहट्ने बताए  । 
बडीमालिकालाई राष्ट्रिय,अन्तराष्ट्रिय रुपमा चिनाउन र व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने  दाबी गर्नुभयो ।धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको समग्र विकासका लागि प्रदेशस्तरको समिति निर्माण गरेको पनि बताउनु भयोकाे छ ।  बडीमालिकाको विकास र प्रवद्र्धन गर्नका लागि प्रदेश सरकारले बाजुराका स्थानीय तहका प्रमुख रहेको अध्ययन समिति बनाएको मुख्यमन्त्री शाहले जिकिर गर्नुभयो । 
बडीमालिकामा आउने तीर्थयात्रीहरुलाई सहज रुपमा हिड्नका लागि बाटो, बास बस्ने धर्मशाला, खानेपानी, शौचालयको व्यवस्था, स्वास्थ्य सेवाको प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउन अध्ययन समितिलाई निर्देशन दिएको मुख्यमन्त्री शाहले बताउनु भयो । बडीमालिकाको विकासका लागि लगानी गर्न प्रदेश सरकार तयार रहेकाले जुनसुकै अवस्थामा पनि बडीमालिकाको अध्ययन टोलीको प्रतिवेदन अनुसार बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री शाहले प्रतिवद्धता जनाउनु भयो । 

विद्यालयले आयोजना गरेको महायज्ञमा मुख्यमन्त्री शाहले विद्यालयका अनाथ,टुहुरा बालबालिकाहरुको सर्वांगिण विकास गर्न गरिएको निःस्वार्थको सेवाको भावमा प्रदेश सरकार आगामी आर्थिक वर्षमा आवासिय विद्यालय निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिवद्धता मुख्यमन्त्री शाहले गर्नु भएको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म अनाथ तथा टुहुरा ५४ जना बालबालिका निःशुल्क रुपमा अध्ययन गराउदै आएको छ ।

विद्यालयले त्रिवेणीनगरपालिका र जिल्ला भित्रका अनाथ, बेसहारा र टुहुरा बालबालिकालाई निःशुल्क रुपमा अध्ययन गराउने गरी महायज्ञ महोत्सव संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश साउँदले जानकारी दिनु भएको छ । बडीमालिका मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महोत्सवमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य पदम बहादुर शाही,जुना दानी,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल लगायतले मन्तव्य राख्नु भएको छ । महायज्ञ महोत्सव मंसिर १४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस