शुक्रबार, ०५ मङि्सर २०८२

बाजुरा जिल्लामा १२ वटा मतदान केन्द्र थपहुने , ४ केन्द्र परिवर्तन गर्न सिफारिस

बाजुरा: बाजुरामा  १२ वटा मतदान केन्द्र थपीने भएका छन्   ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ  ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतले भने  स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र सिफारिस गरिएको हो । त्यस्तै  त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको महतले बताएका छन् ।
 मतदान स्थलहरु सारीएको  बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको छ ।
बाजुरामा चार गाउँपालिका र पाँच वटा नगरपालिका रहेको बाजुरामा जिल्लामा  ७० वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र रहेका छन् । यस्तै जिल्लाभर ८६ हजार बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले बताए ।
जिल्लामा करिब २२ दिनको अवधिमा ८८ महिला र १ सय ३३ गरी २ सय २१ जना र कार्तिक २ गते १० जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयबाजुराले जनाएको छ । बाजुरामा हालै नयाँ मतदाता नामावली दर्ता गर्न कम्तिमा २८ दिन मात्रै बाँकी रहेकाले समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरेका छन् । जिल्लामा हाल ८६ हजार बढी मतदाता संख्या रहेका छन् ।
त्यसैगरी, निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस