आइतबार, ०७ मङि्सर २०८२

सुशीला सरकारका मन्त्रीलाई हेमराजले भने–जसरीपनि सेती लोकमार्ग बनाउनु, देउवाले धेरै दुख दिए

बाजुरालाई प्राथमिकता राख्ने कुलमानको जवाफ

बाजुरा: स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले सेती लोकमार्ग निर्माणको माग सहीत जेनजी सरकारका मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । २०६६।६७ बाट निर्माण सुरु गरिएपनि अधुरै रहेको सेती लोकमार्ग तत्काल निर्माण गरिनु पर्ने माग सहीत भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका कुलमा घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बाजुरा सहीत सुदूरपश्चिम प्रदेशका जेनजी प्रतिनिधीलाई साथमा लिएर थापाले चेतावनी पूर्ण भाषामै सडक निर्माणमा बिलम्ब नहुन भनेका छन् । मन्त्री र मन्त्रालयका सचिवकै सामु शेरबहादुर देउवाले धेरै दुख दियो, अब त्यो दमन सहन सकिन्न, तत्काल बाटो बनाउन आग्रह गरेका छन् । 

सेती लोकमार्ग सडक निर्माणको अवधारणा अघि बढाइएकै ४० वर्ष नाघिसकेको छ । निर्माण थालिएको पनि १५ वर्ष पूरा भइसकेको छ । तर, सडक अझै अधुरै छ । सडक उत्तर र दक्षिण गरी दुई खण्डका बाँडिए पनि कामको गति दुवैतिर देखिँदैन ।

कैलालीको टीकापुरदेखि बझाङको उरै भञ्जयाङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म सडक जोड्ने लक्ष्यसहित आयोजना सञ्चालनमा छ । कूल ३५९ किलोमिटर लामो सेती लोकमार्गको दूरी हो ।

त्यसमध्ये हालसम्म १८७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । राज्यकै प्राथमिकतामा राखिएको र २०६६ पछि कुनै वर्ष पनि नीति कार्यक्रम र बजेटबाहिर नराखिएको सडक हो, सेती लोकमार्ग । सेती लोकमार्ग बन्न सके बाजुरा बासीका लागि हालको भन्दा करिब १ सय २० किलोमिटर सडक छोटो देखिन्छ । 

नीति तथा कार्यक्रममा अटाए पनि, नेताहरूको नियत र पवित्र मनसायमा भने कहिल्यै अटाउन सकेको छैन । । १० वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो । तर, १५ वर्षसम्म अधुरै, त्यो पनि ट्रयाक समेत नखुलेपछि स्थानीय आक्रोशित छन् ।

सेती लोकमार्ग त्रिदेशीय सडकले मात्रै बिशेष छैन ।, डोटी, अछाम, बाजुरा र बझाङका स्थानीयको दैनिकजीवनसँग पनि खास अर्थ राख्ने सडक हो । 

कैलालीबाट दुई पटक डोटी पुर्याउने र डडेल्धुरा हुदै लामो सडक यात्रा गर्नु पर्ने बाध्यता हटाउन यो सरकारले जस्तोसुकै कदम चाल्नु पर्ने माग हेमराज थापाको छ । थापाले देउवाको स्वार्थकै कारण सेती लोकमार्ग नबनेको समेत बताएका छन् ।

डडेल्धुराको मार्केट घट्ने भएकै कारण छोटो दुरीको सडक निर्माणमा देउवाले अवरोध गरे, त्यस कारण धेरै दुख पाइयो, अब देउवाले दिएको जस्तो दुख भोग्न नपरोस्,थापाले मन्त्रीलाई बुझ्ने भाषामा सचेत गराएका छन् । देउवाको राज अन्त्य हुनु पर्ने माग समेत थापाको थियो ।  

थापाको टिमले बाजुराको अन्य सडक र विकास निर्माणका सवालमा पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले पत्रकार सहीत लिएर सबैसामू बाजुराको विकासमा राज्य जिम्मेवार हुनु पर्ने र विकास निर्माणको जिम्मोवरी लिएका ठेकेदारलाई आवश्यक प्रक्रिया सहीत कानुनी उपचार गर्न भनेका छन् । 

दानसाँघुमा बेलिबृज निर्माण हुनु पर्ने, मार्तडी भौनरा, आटीचौर सडक निर्माण र पल बन्नु पर्ने, बाउलीको पुल निर्माण हुनु पर्ने, मार्तडी कोल्टी सडक तत्काल निर्माण हुनु पर्ने र नभए काँग्रेस नेता इन्द्र बानीयाँ माथि छानवीन गरिनु पर्ने माग थापाको ध्यानाकर्षण पत्रमा छन् । थापाले सुत्केरीले बाटो असुविधा र एम्बुलेन्स अभावले ज्यान गुमाउने पर्ने बाध्यताबाट पनि बाजुराबासी मुक्त हुनु पर्ने माग राखेका थिए । 

भोटर कार्ड बनाउने र सरकारी सेवा लिन आउने कोल्टी क्षेत्रका चार पालिकाका जनतालाई सहनु परेको दुख बारे जनताको सरकार जिम्मेवार हुनु पर्ने भनाई थापाको छ । थापाले ठेकेदारलाई केही नगर्ने र माग बारे सरकार जिम्मेवार नबन्ने अवस्थामा आफूहरुले उपचार सुरु गर्ने समेत चेतावानी दिएका छन् । 

जवाफमा मन्त्री कुलमान घिसिङले संविधानले दिएको अधिकार बमोजिम काम कारवाही तिब्र बढाउने पक्षमा आफूहरु लागि परेको बताएका छन् । उनले बाजुरालाई बजेटमा प्राथमिकतामा राख्ने र निर्माण ढिलाई भएका, म्याद नाघेका ठेकेदारको ठेका समेत प्रक्रियागत रद्द गर्न प्रक्रिया अघि बढाउने र कारवाही गर्ने समेत आश्वासन दिएका छन् । 

यो सरकार जनताको हो, जनताका काम गर्न तयार छ । आफूहरु कुरा काम काम बढी गर्ने पक्षमा रहेको मन्त्री कुलमानको भनाई थियो । दुई दर्जन बढी जेनजी प्रतिनिधीको टोली सहीत हेमराज थापा आफ्ना माग सहीत मन्त्रालयमै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस