काठमाडौँ: नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ ।
अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।
प्रतिक्रिया दिनुहोस