बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोटमा पाँच सय भन्दा बढी विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग गरिएको छ । लायन्स ईन्टरनेसनल डिस्ट्रीक्ट ३२५ के अन्तर्गत रहेको लायन्स क्लव अफ काठमाण्डौ आवद्ध द्धारा विद्यालय सहयोग कार्यक्रम अन्तर्गत पाँच सय पन्ध्र जना विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
लायन्स क्ल्व अफ काठमाण्डौ आवद्धको सहयोगमा करिब रु दश लाख बराबरको शैक्षिक सामग्री न्यानो कपडा किताब राख्ने झोला बितरण गरिएको थियो र सोहि कार्क्रममा उक्त स्थानका निम्न वर्गका महिलाहरुलाई जाडोको लागि न्यानो ब्ल्यांकेट तथा किशोरीहरुको लागि महिनावारी स्वास्थ्य र सरसफाई सामग्री पनि प्रदान गरिनुका साथै प्रयोग बिधि सहितको तालिम समेत प्रदान गरिएको थियो उक्त कार्यक्रमा दुई बर्ष मुनिका शिशुहरुलाई पनि पौष्टीक आहार (लिटो) ४० किलो बितरण गरिएको क्लबकी अध्यक्ष रञ्जु थापाले जानकारी गराएकी छन्।
लायन्स क्लबले जुकोटमा रहेको शम्भु सुनन्दा माविका तीन सय, सुर्योदय आधारभुत बिध्यालयका एक सय पचासी भैरवनाथ आधारभुत विद्यालयका पचपन्न्न जना बिध्यार्थी लाई ट्र्याकसुट र ऊनीको टोपी बितरण गरिएको जानकारी बिध्यालयका प्रधानअध्यापक पुष्प बहादुर शाहीले जानकारी गराउनु भएको थियो ।
यसैगरी स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटा स्थित मुक्तिकोटको मण्डाली आबि तथा मण्डाली खुलिकोटका बिध्यार्थीहरुलाई पनि न्यानो कपडा स्वीटर र किताब राख्ने झोला बितरण गरिनुका साथै सोहि स्थानका स्थानीयहरुलाई कपडा तथा जुत्ताहकु पनि बितरण गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी गराएका थिए । लायन्स क्लबले गरेको उक्त सहयोग पाएर बिध्यार्थीहरु र स्थानीय जनताहरु अत्यन्त हर्षीत देखिएका थिए ।
लायन्स क्लब अफ काठ्माण्डौ आबध्दका संस्थापक अध्यक्ष सहित आठ जना महिलाहरुको टोली काठमाण्डौ देखि बाजुरा सम्मै आएर गरेको मानवीय सहयोग प्रति स्थानीयले खुसी व्यक्त गर्दै आगामी दिन पनि सहयोगका लागि आग्रह गरेका छन् भने आफ्नो खर्च बचाएर गरेको सहयोग प्रति धन्यवाद दिएका छन् ।
सहयोगी मन र समाज सेवामा सक्रिय व्यक्तिहरुको सहकार्यमा खोलिएका लायन्स क्लबका पदाधिकारी सहीतको उपस्थितिमा न्यानो लुगा वितरण गरिएको लायन्स क्लब काठ्माण्डौ आबध्दकी अध्यक्ष रञ्जु थापाले बताएकी छन् ।
चिसो मौसममा विद्यार्थी तथा तथा विपन्न महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा तथा पौष्टीक आहार (लिटो)वितरण गरिएको थापाले बताएकी छन् । उक्त कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया प्रमुख अतिथीका रुपमा उपस्थित भएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज शाहीको संयोजकत्व र लायन्स क्लबको आर्थिक सहयोगमा गरिएको उक्त कार्यक्रम पूर्व सूचना आयुक्त कमला ओली र क्लवकि संस्थापक सदस्य नितु घलेको पहलमा लायन्स क्लबसँग समन्वय गरी सहयोग गरिएको हो । पूर्व सूचना आयुक्त ओली सहीत क्लबका ८ जना पदाधिकारीहरु स्वामीकार्तिकको जुकोट र मुक्तिकोटमै पुगेर उक्त कार्यक्रम सम्पन्न गकेका थिए ।
लायन्स क्लवले आफ्नै रकम संकलन गरेर बेला बेलामा गरिब, विपन्न र पिछाडीएको र पछाडी पारिएको क्षेत्रमा सहयोग गर्ने गरेको र चिसोको मौसमलाई सहज पार्न विद्यार्थी र विपन्नका लागि गरिएको सहयोगले पालिकाका स्थानीयलाई ठूलो राहत पुगेको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।
टोलीमा वर्तमान अध्यक्ष रञ्जु थापा, संस्थापक अध्यक्ष सुनिता मरहठ्ठा शर्मा जिल्ला अध्यक्ष अनिता थापा, प्रथम उपाध्यक्ष कृष्णा मुलेपाती बजिमयमय सचिव सबिता श्रेष्ठ, कोषाध्यक्ष रोशनी मुल्मी, संस्थापक सदस्य नितु घले सहितका ब्यक्तित्वहरु सहभागि भएका थिए । उहाँहरुले सहयोगसँगै बाजुराको अवस्था र जीवनशैली बारे पनि जानकारी लिएर फर्किएका छन्
प्रतिक्रिया दिनुहोस