बाजुरा : मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख ३१८१ नम्बरको रोकिराखेको बस समान हाल्दै गरेको अवस्थामा पछाडि ब्याक भएर दुर्घटना भएको हो । दुर्घटनामा परि बसमा सवार ३० जना घाइते भएको प्रहरीले बताएको छ। बस कोल्टीबाट धनगढीका लागि छुटेको थियो ।घाइतेमध्ये २० जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । भने ६ जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ। ती मध्ये चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त कार्गयालय प्रमुख प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् ।
यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् ।
यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएका हुन् ।
कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चार जना बाहेक अरुको अवस्था सामान्य रहेको बुझिएको छ।
आजै बाजुराको बुढीनन्दाको पाण्डुसैन बजार नजिकै जीप दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा जयराज जोशी, शंकर जोशी, सेते ल्वार, जयलाल वि.क र जंगविर सार्की रहेका छन् ।
घाइते सबैको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको र सबै घाइतेको अवस्था सामान्य रहेको स्वास्थ्य कर्मीको भनाइ छ।
बस दुर्घटनाका घाइतेलाई राष्ट्रिय युवा संघ बाजुराले २० बढी कम्मल सहयोग गरेको छ। घाइतेको संख्या बढी भएको र अस्पतालसँग आवश्यक कम्मल नभएको अवस्थामा युवा संघले सहयोग गरेको हो ।
घाइतेलाई न्यानोका लागि सहयोग पुगोस्, भनेर कम्मल सहयोग गरेको राष्ट्रिय युवा संघ बाजुराका संयोजक विष्न कार्कीले जानकारी दिएका छन् । कम्मल सहयोग गर्न एमाले बाजुरा सचिव काशी विक, एमाले नेता धर्मराज पाध्याय, युवा संघका विष्न कार्की, अनेरास्ववियुका सचिव लक्ष्मण रोकाया बाजुरा जिल्ला अस्पतालको घाइते उपचार भईरहेको आकस्मिक कक्ष पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस